मनिषा कोइरालाको अवस्था देखेर उनका प्रशंसकहरु चिन्तित

केही समय देखि मुम्बइमा बस्दै गरेकी नायिका मनिषा कोइरालालाइ हालै केही पत्रकारहरुले अचेत नै हुने गरेर रक्सीको नशामा लठि्ठएको अवस्थामा फेला पारेका थिए । उनका भुतपूर्व केटासाथी प्रशान्त चौधरीले आफ्नो नयाँ रेष्टुरेन्टको उद्घाटन समारोहमा बोलाएका थिए जहाँ उनले  आफुलाई सम्हाल्न नसक्ने गरेर रक्सी पिएकी थिइन् ।

manisha_koirala_dead_drunk

केहि समय अघाडी नायिका मनिषा कोइरालाले श्रीमानसँग डिभोर्स गर्ने निधो गरेको खबर आएको थियो । नेपालबाट मुम्बइ पुगेकी मनिषाले आफ्ना पूराना साथीभाइहरु संगको जमघटमा लोग्नेसँग सम्बन्ध विच्छेद अन्तिम तयारीमा पुगेको बताउदै फेरी बलिउडमा फर्किने इच्छा समेत व्यक्त गरेकी थिइन् ।

सो उद्घाटन समारोहबाट एक्लै घर जान सक्ने अवस्थामा मा पुगेकी मनिषालाई उनका हितैषीहरुले घरसम्म पूराइदिएका थिए । मनिषाको चुरोट र रक्सी लतको बारेमा पहिले देखिनै थाह भए पनि  आफ्नो स्वास्थ र रुपको पनि त्यति ख्याल गर्न छोडेकी मनिषा लाइ देखेर उनका प्रशंसकहरु दुखी भएका छन् ।