संबिधानमा के छ ? (निर्वाचन आयोगको बारेमा)

महिनौ देखि नेपालको संबिधान २०७२ का सबै धाराहरु बाचन गर्ने क्रमममा आज प्रस्तुत गर्दैछु नेपालको संबिधान २०७२ भाग २४ अन्तर्गत निर्वाचन आयोगको बारेमा भएका धाराहरु – धारा २४५ देखि धारा २४७ सम्मको वाचन ।

यस अघिका:

यि माथि उल्लेखित भागहरुको बिवरण समेत यो ब्लगमा राखिएका छन् भने, ति भन्दा अघाडिका भागहरु युट्युबमा खोज्न सकिन्छ  ।

नेपालको संबिधान २०७२ भाग २४ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा:

  • धारा २४५ ले निर्वाचन आयोगको परिचय,  प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्ति, पदमुक्त हुने अबस्थाको बारेमा बिस्तृत बिवरण दिएको छ
  • धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि ब्यबस्थाहरु समावेस गरिएका छन्
  • धारा २४७ मा सरकारि कर्माचारिहरुले आवश्यकता परेमा निर्वाचन आयोगलाइ  सहयोग गर्नु पर्ने ब्यबस्था राखिएको छ

election commission - constitution of nepal 2015

 Continue reading

प्रत्यक्षतर्फ जम्मा १० जना महिला सभासद्

जतिसुकै महिलालाई  संविधानसभा बराबर दायित्व दिने नारा लगाएपनि २०७०को निर्वाचनमा नेपाली जनताले जम्मा १० जनालाई प्रत्यक्षतर्फ निर्बाचित गरेका छन् । महिलावादी सबैले यस तथ्यलाई राम्रोसंग अध्ययन गरेर यस अघि भएका कमी कमजोरीहरुको समाधान गर्ने प्रयास गर्नु आवस्यक देखिन्छ ।

Nepal female members in  in CA

निर्वाचित हुने १० जनामा – नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ३ जना र एमाओवादीबाट १ जना महिला सभासद्ले संविधानसभामा प्रतिनिधित्व गरेका हुन् ।

माथिको चित्रका महिला सभासदको संख्या पुरुष सभासदको तुलनामा गर्दा महिला नगन्य देखिन्छन:

male female ration ca

 Continue reading

नजित्ने भएपछि एमाओवादीले मतगणना बहिष्कार

नजित्ने भएपछि माओवादीले मतगणना बहिष्कार गर्न थालेका छन् । प्रचण्डले चुनाब लडेको काठमाण्डौंको क्षेत्र नम्बर १०, कीर्तिपुर क्षेत्रमा पनि  काँग्रेसका उमेदवारले उनलाई ४००० जति मतले उछिनेपछि रातको दुई बजे एमाओवादी प्रतिनिधि पञ्चलाल महर्जनले बहिष्कार गरेर हिडेका छन् ।

MAOIST

तेस्तै क्षेत्र नम्बर ३ का उम्मेदवार र क्षेत्र नं ६ की प्रतिनिधिले पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गाड्ना स्थल बाट बाहिर निस्केका छन् ।

क्षेत्र नं  ४ को मतपेटिकामा टाँसेको सिल गोलमाल भएको आरोप माओवादीले लगाए पछि सो क्षेत्रको गाड्नामा यस अघि नै रोक लगाइएको छ।

काठमाडौंमा मात्र नभएर देशभरि नै षडयन्त्र भएको भन्दै प्रचण्ड पुत्रले फेसबुकमा लेखेका छन् (बिहान २:४५मा):

अग्रगमन, परिवर्तन, वृहद् शान्ति सम्झौता बिर्रुद्ध व्यापक चहलखेल भएको कारण यो मतगणना स्थगित गर्न मांग गर्दै हामी देशभरिका मतगणना स्थलबाट बाहिर ।

त्यस्तै वाइसिएल उपत्यका प्रमुख दीपशिखाको फेसबुकस्ट्याटस यस प्रकार छ : "काठमाडौ‌ उपत्यकाका १५ वटै क्षेत्रमा एमाओवादीद्वारा गणना वहिष्कार।"

यस अघि:
निर्वाचन सम्पन्न भएपछि एक सन्देश विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन सम्पन्न गर्न निर्वाचनमा सहभागी र सहयोग पु-याउने सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो । चुनौतीपूर्ण निर्वाचन सफल पार्न निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल एवम् सामाजिक संघ–संस्था सबैको भूमिका प्रशंसनीय र बधाइयोग्य रहेको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । अध्यक्ष प्रचण्डले सन्देश वक्तव्यमा संविधानसभाको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण र सफल भएको उल्लेख गर्नुभएको छ ।

PRAKASH DAHAL

election maoist press release

अहिलेको निर्णय प्रचण्डको यो अन्तरर्वार्ताको ठीक बिपरित छ:

बिहान एक पत्रकार सम्मेलन गरेर एक बिस्तृत बक्तब्य निकालियो (तल पत्रकार सम्मेलनको पूर्ण विवरण सहितको भिडियो पनि पोस्ट गरिएको छ)

cpn maoist press statement - detailed

अमेरिकी राष्ट्रपति ओबामा पुनः निर्वाचित

अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा कार्तिक २१ गते भएको चुनाबमा फेरी दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । डेमोक्रयाट् पार्टीको तर्फबाट उम्मेदवार रहेका ओबामाले आफ्ना प्रतिद्वन्दी रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । अमेरिकामा रास्ट्रपति पदमा जित्नका लागि कुल ५ सय ३८ इलेक्ट्रोल मतमा कम्तिमा २ सय ७० मत चाहिने हुन्छ ।  हाल सम्मको नतिजा अनुसार २९ स्थानको मतगणना बाँकी रहंदा ओबामाले ३०३ इलेक्ट्रोल मत पाएर बिजयी भएका छन् भने रोम्नीले मात्र २०६ मत पाएका छन्  । यस चुनाबमा ओबामाले २००८ मा जितेका राज्यहरु नर्थ क्यारोलिना र इन्डियानामा रोम्नीले जितेका छन्  ।

obama_hugs-wife-after win

ओबामालाई यस नेपाली वेबसाइटका तर्फ बाट दोस्रो कार्यकालको लागि बधाई!