प्रधानमन्त्रिको ठट्टा हो कि साँचो ? फिल्म सिटि दोलखामा हुँदैन रे

केहि समय पहिले नेपाल सरकारले प्रस्तावित गरेको फिल्म सिटिलाइ अहिलेका प्रधानमन्रि  केपि शर्मा ओलिले भने अनुपयुक्त स्थान भनेका छन् । उनले दोलखा मौसम र भौगोलिकताका हिसाबले फिल्म सिटी निर्माणका लागि उपयुक्त नभएको ठोकुवा गरेका छन् । उनले भने, ‘दोलखाको त्यो डाँडोमा हम्तामा दुइ दिन मुश्किलले दुइ घन्टा घाम लाग्छ ।”

भिडियो रिपोर्ट

यहि सोमबार उनको सरकारि निवास बालुवाटारमा नयाँ फिल्म “फुलैफुलको मौसम तिमिलाइ’ को म्युजिक तथा प्रोमो सार्वजनिक गर्ने कार्यक्रममा प्रम ओलिले आफुँलाइ तनहुँ, गोरखा, लमजुङको मस्र्याङ्दि नदि आसपास फिल्म सिटि बनाउन उपयुक्त हुन्छ जस्तो लागेको बताएका छन् । उनले थपे,  “फिल्म सिटि मैले भनेकै ठाउँमा हुन्छ ।”

 Continue reading