ह्रस्व दिर्घका कारण इन्टरनेट खोजिमा समस्या, समाधान के होला ?

यस ब्लगका पाठकहरुलाई थाहा नै छ म ह्रस्व मात्र लेख्ने प्रयोग गरिरहेको छु । यस ब्लगमा पोस्ट भएका झण्डै आधा शतक पोस्टहरुमा सम्म ह्रस्व र दिर्घ जे लेखे पनि सुचना दिने अर्थमा कुनै फरक देखिएको पाइएको छैन। तर कम्प्युटर प्रयोगमा भने ह्रस्व र दिर्घ लेख्दा धेरै फरक पर्ने गरेको छ । तेसैले, ह्रस्व वा दिर्घ के लेख्ने भन्नेकुरामा सबै जनाको एक मत हुनु आबश्यक हुन्छ । उदाहरणको लागि नेपालि शब्द “कानुन” लाइ गुगलमा खोज्दा आउने रिजल्ट हेरौं ।

निम्न खोजि एउटै अर्थ लाग्ने शब्द “कानुन” र “कानून” लाइ खोज्दा आएका नतिजा हुन:

  • “कानुन” खोज्दा “कानून” लेखिएका नतिजा आएनन र “कानून” भनेर खोज्दा “कानुन” लेखिएका समाचार / लेख नतिजामा देखिएनन  । यसको मतलब एउटै शब्दको खोजीमा पनि विभिन्न कम्बिनेसन का खोजि गर्नु पर्ने देखिन्छ । यदि “सुसुचित खोजिनिति” खोज्नु पर्यो भने सिद्धान्तत ६ ओटा ह्रस्व दिर्घका बिभिन्न कम्बिनेसनको खोजि गर्नु पर्ने हुन्छ — (२ प्रकारका ६ ओटा कम्बिनेसन को लागि १५ चोटि खोजि गर्नु पर्ने हुन्छ)। मैले केहि समय अघि यस्तै खोजि गरेको थिएँ, कतिपय कम्बिनेसनका कुनै नतिजा आएनन तर एक खोजि र अर्को खोजीको बिचमा कुनै समानता थिएन ।
  • “कानुन” र “कानून” के लेख्ने भन्नेमा सोसल मिडियामा कमेन्ट गर्ने वा ब्लग लेख्ने नेपालि मात्र नभएर कान्तिपुर र गोरखापत्रका सम्पादक पनि यहि हो भन्नेमा ढुक्क नभएको देखिन्छ । साथै, “कानुन” खोज्दा देखिएका लेखहरु “कानून” खोज्दा देखिएका छैनन।

kanoon 2

 Continue reading

Incoming search terms:

  • नेपालीसेकसी

गूगल र फेसबुकका रेस्टुरेन्ट, मात्र नेपालमा

कहिँ नभएका अचम्मका चीजबिज नेपालमा पाइन्छ । हुँदा हुँदा फेसबुक र गुगलले पनि रेस्टुरेन्ट खोलेर सेबा प्रदान गर्न थालिसकेछन । नपत्याए तलको फोटो हेर्नुहोस :

pepsi sponsored _google_fast_food

"गुगलले पनि कहिँ फास्ट फुड रेस्टुरेन्ट खोलेर बस्छ" भनेर बिस्वास लागेन भने पेप्सीलाइ सोध्नुस । पेप्सीले चानचुनेलाइ स्पोन्सर गर्छ ?

pepsi sponsored _google_fast_food_paknajol

फेसबुक पनि के कम फेसबुक थकाली रेस्टुरेन्ट भनेर खोलेको रहेछ जमलमा । गुगललाइ पेप्सीले स्पोन्सर गरे पछि फेसबुकलाइ कोकाकोला बाहेक अरु कसैले सपोंसर गर्लान त ? ल हेर्नुस, सबै तीन्टा वोर्ड स्पोन्सर गर्न नसके पनि माथिको एउटा रातो वोर्डमा कोकाकोलाले स्पोन्सर गरेर यो पनि आधिकारीक फेसबुकको रेस्टुरेन्ट हो भनेर प्रमाणित गरिदिएको रहेछ । 

facebook_thakali_resturant

फोटो – बिश्व गुरुङ

अपडेट: मित्र निलाम्बरले कमेन्टमा ट्विटरले खोलेको नेपाली स्कुलको फोटो पोस्ट गरेका  रहेछन । गुगल र फेसबुकका रेस्टुरेन्टका फोटो राख्ने ट्विटरको स्कुलको फोटो नराख्नु पक्षपात हुने हुनाले यहाँ पोस्ट (कपी पोस्ट) गरिएको छ:

twitter_school

ट्विटरको स्कुलमा के कुराको पढाई हुन्छ होला भन्ने कुरा सस्पेन्स नै राखिएको छ 🙂

आफै चल्ने कारले अमेरिकाको नेभादा राज्यमा ड्राइभर लाइसेन्स पायो

ड्राइभरनै नचाहिने आफै चल्ने कारलाइ अमेरिकाको नेभादा राज्यमा कार चलाउने अनुमति दिइएको छ। यसरी मान्छेलाई नभएर कारलाई चालक अनुमतिपत्र दिइएको यो पहिलो घटना हो ।

google-self-driving-car

गुगलले डिजाइन गरेको आफै चल्ने गाडी भिडियो क्यामेरा, लेजर र राडार सेन्सरहरुको सहायताले चल्ने गर्छ ।  यस कारको लागि भनेर गुगलले बिशेष टिमले सबै सडक चिन्ह राखेर नक्सा बनाएका हुन्छन जसको आधारमा यो कार चल्ने गर्छ । 

परिक्षणको लागि भनेर बनाईएको एउटा कारले क्यालिफोर्निया राज्यमा कुनै पनि दुर्घटना नगरी एक लाख चालिस हजार माइल (२ लाख २५ हजार किमी) को दुरी पार गरिसकेको छ ।

स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर र गुगलका उपाअध्यक्ष सेबेस्टीयन थ्रुनले डिजाइन गरेको यो कारलाइ लाइसेन्स दिनु अगाडी नेभाडाका यातायात बिभागका प्रमुख ब्रुस ब्रेस्लो आफै पछिल्लो सिटमा बसेर यात्रा गरेर परिक्षण गरेका थिए ।  "म पछाडी बसेर ल्यापटपमा कारले के के देखिरहेको छ भनेर हेरिरहेको थिएं । " ब्रेस्लो भन्छन, "करीब पाँच सेकेन्ड पछि मेरा सबै शंका निबारण भए।" 

ब्रेस्लोको बिचारमा आफै चल्ने गाडीले मानिस ड्राइभरले भन्दा राम्रो संग देख्छ ।