स्यान्डी आँधीले अमेरिकी जनजीबन अस्तव्यस्त बनायो

हिजो राती ८ बजे स्थानीय समयमा न्यूजर्सीको तटीय क्षेत्र हुँदै अमेरिकामा प्रवेश गरेको स्यान्डी नाम राखिएको सामुद्रीक आँधीले पूर्बी तटीय सहरहरुमा जनजीवन ठप्प बनाएको छ ।प्रतिघण्टा १ सय २९ किलोमिटरको गतिमा आएको आँधीका कारण कम्तीमा १२ जनाको मृतुहुनुका साथै ठूलो मात्रामा धनको क्षती भएको छ । मुसलधारे वर्षा, तिव्र गतिको हुरी, बाढी र हिमपातका कारण जनजीबन अस्तव्यस्त बनाएको आँधीको समाप्ती संगै न्युयोर्कमा देखिएको सप्तरंगी इन्द्रेणीका फोटाहरू मानिसहरुले अनलाइनमा बाँड्न थालेका छन ।

rainbow_after_huricane

करीब ५ करोड मानिस प्रभावित भएको अनुमान गरिएको यस आँधीले न्यूजर्सी, न्यूयोर्क, मेरील्याण्ड, पेन्सिल्भानिया र कनेक्टिकट लगायतका राज्यमा मानिसहरुको ज्यान लिएको छ भने लाखौँको संख्यामा बिस्थापित भएका छन् । अमेरिका पुग्नु अघिनै क्यारेबिन क्षेत्रमा कम्तीमा ६९ जनाको ज्यान लिइसकेको यस ज्यानमारा आँधी सकिए पछि क्षतीग्रस्त संरचनाको पुनर्निर्माण शुरु भएको छ ।

यस आँधीका कारण १४ हजार भन्दा बढी उडान रोकिएका थिए भने सोमबार दिनभर कुनै पनि सार्बजनिक सबारी साधन चलेका थिएनन । बिद्युत अबरोधका कारण न्यूजर्सीमा १५ लाख र न्यूयोर्कमा २ लाख ५० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका थिए ।

damaged_houseआँधीले भत्काएको एक घर