भारतिय राष्ट्रपति फिर्ता, भ्रमणलाइ अनाबश्यक महत्व

भारतिय राष्ट्रपति प्रणव मुखर्जि नेपालको तिन दिने नेपाल भ्रमण पुरा गरि नोभेम्बर ४ तारिख शुक्रबार स्वदेश फर्केका छन । उनि फर्के लगत्तै सरकारले राष्ट्रपति बिद्यादेबि भण्डारिको भारत भ्रमणको तयारि सुरु गरेको छ। के नेपालको राष्ट्रपतिको भ्रमणको बेला सार्बभौम राष्ट्रले एक अर्काको पैंचो तिरे जस्तै भारतले पनि सार्बजनिक बिदा देला त? चाखलाग्दो बिषय भएको छ ।

pranab-mukharjee-return-back

भारतका राष्ट्रपतिको यो नेपाल भ्रमण अठार बर्षपछि भएको हो । यहि कात्तिक १७ गते नेपाल आएका राष्ट्रपति मुखर्जिले नेपाल भ्रमणका क्रममा उच्चस्तरिय भेटघाट गर्नुका साथै उनलाइ काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो । भ्रमणका क्रममा बिभिन्न उच्चस्तरिय कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जिले काठमाडौँको पशुपतिनाथ र जनकपुरको राम जानकि मन्दिरमा बिशेष पुजा पनि गरेका थिए । स्वदेश प्रस्थान गर्नु अघि उनले पोखरा भ्रमण गरेर त्यहाँ आयोजित भारतिय पेन्सन क्याम्पको एक कार्यक्रमलाइ सम्बोधन पनि गरेका थिए ।

राष्ट्रपति आउँदा सार्बजनिक बिदा दिएकोमा बिरोध

भारतिय राष्ट्रपतिलाइ अनाबश्यक महत्व दिंदै सार्बजनिक बिदा दिएको मा बिभिन्न बिरोध कार्यक्रम हुँदै गर्दा नेपाल सरकारका सबै काम कारबाहि ठप्प भएको आभाष भएको थियो । अझ, उनको बिदाइमा नेपालका सबै उच्च पदस्त ब्यक्तिहरु उपस्थित हुँदा नेपालमा भारतको चाकरि गर्नु बाहेक अरु कुनै पनि काम नहुने जस्तो देखिएको थियो ।

मुखर्जिको बिदाइमा सहभागि पदाधिकारिहरु

  • राष्ट्रपति बिध्यादेबि भण्डारि
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • प्रधानमन्त्रि पुष्पकमल दाहाल‘प्रचण्ड’
  • उपप्रधानमन्त्रि बिमलेन्द्र निधि
  • उपप्रधानमन्त्रि कृष्णबहादुर महरा
  • मन्त्रिगण
  • संवैधानिक निकायका प्रमुख
  • सुरक्षा निकायका प्रमुख

यि बाहेक राजदुत र उच्च सरकारि अधिकारि पनि उपस्थित थिए ।


 Continue reading

सुरक्षा चिन्ता भन्दै कोशि ब्यारेजमा भारतिय सुरक्षाकर्मि तैनाथ गर्ने चाल हो त ? परराष्ट्रमन्त्रि भन्छन, कोशी ब्यारेजमा कुनै थ्रेट छैन

भारतले कोशि ब्यारेजमा पाकिस्तानि आतंककारि र नेपालकै माओबादिबाट सुरक्षा समस्या रहेको बारेमा स्थानिय प्रशासनसंग पत्राचार गरेको बिषयमा नेपालका परराष्ट्रमन्त्रि कमल थापाले तेस्तो कुनै सुरक्षा थ्रेट नभएको बताएका छन् ।  भारतले नेपाल सरकारलाई नभएर स्थानिय जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समस्या रहेको पत्र पठाएको बारेमा रिपोर्ट निम्न भिडियोमा हेर्नुहोस (भारतको धम्किपुर्ण आदेश, माओबादिबाट कोशि ब्यारेज सुरक्षा खतरा)।

https://www.youtube.com/watch?v=Ts_2UiXO_Tw

राजधानिमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रि थापाले भनेका थिए, “कोशी ब्यारेजमा कुनै थ्रेट छैन । खतरा भएपनि सुरक्षा दिन नेपाल सक्षम र तयार छ ।”

 Continue reading

भारतिय पेट्रोल पाइपलाइन, रक्सौलबाट अमलेखगंज, निर्माण शुरु गर्न छलफल शुरु

भारतिय नाकाबन्दि शुरु हुनु भन्दा पहिले, एक बर्ष अघि नेपाल र भारत बिच मन्त्रिस्तरिय सम्झौता भएको थियो – भारतको रक्सौलबाट बाराको अमलेखगंजसंम्म पाइपलाइन बनाउने बारेमा । २०७२ साल असोज १२ गते भएको सो सम्झौतामा क्सौलबाट अमलेखगंजसंम्मको ४१ किमि लामो सो पाइपलाइन ३० महिनामा सम्पन्न गर्ने लक्ष राखिएको थियो । सो पाइपलाइनको ३९ किमि भाग नेपालमा पर्छ भने २ किमि भाग भारतमा पर्छ ।

पाइपलाइन निर्माण र अमलेखगंज डिपोको सुधारको लागि ४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अनुमान छ । जसमा भारत सरकारले २ अर्ब भारतिय रुपैंया (३ अर्ब २० करोड नेपालि रुपैंया) अनुदान दिने छ भने बाँकि १ अर्ब २० करोड रुपैंया नेपालले आफ्नै श्रोत बाट जुटाउने छ ।

आज नेपालको आयल निगम र भारतिय आयल बिच यो कार्य अघि बढाउन छलफल चलि रहेको छ ।

http://www.youtube.com/watch?v=zX4uSdRGJYU

एक अर्को बिश्लेषण अनुसार, भारतिय पाइपलाइन भन्दा चिनिया भुमिबाट आउन सक्ने पाइपलाइनको संचालन कम खर्चिलो हुने देखिएको छ । रक्सौलबाट अमलेखगंज सम्म पाइपबाट तेल ढुवानि गर्दा दुइ ठाँउ बिचको उचाइको भिन्नताका कारण पंपको सहायता लिनु पर्ने हुन्छ । तर, यदि सिगात्सेबाट चिनिया पाइपलाइन बनाउने हो भने गुरुत्वाकर्शणबाट नै तेल ढुवानि हुन सक्ने देखिएको छ।  Continue reading

हाम्रो नेपालि समाज किन यस्तो ? पुर्व युवराज पारस सोध्छन

पुर्वयुबराज पारस शाहले आफुले अहिलेसम्म नेपालि समाज बुझ्न नसकेको खुलासा गरेका छन । लामो समयको मौनता पछि पुर्व युवराजले सोसल मिडियामा धाराबाहिक प्रश्न गर्दै अन्त्यमा नेपालिले आफ्नो साथि को हो पहिल्याउनु पर्ने बताएका छन । अंग्रेजि भाषामा लेखिएको उनको बिचारलाइ मैले नेपालिमा उल्था गरेर चर्चा गर्ने प्रयास गरेको छु ।

भिडियो रिपोर्ट:

उनको बिचारलाइ उनले “Fruit for thought” अर्थात “सोचको लागि फलफुल” भनेका छन । अंग्रेजिमा “food for thought” अर्थात “सोचको लागि खाद्यान्न” भन्ने भनाइ प्रख्यात भएको हुनाले उनले food को ठाँउमा fruit राखे पनि भन्न खोजेको चाँहि — “केहि सोचनिय कुराहरु” हुनु पर्दछ ।

 Continue reading

सन्नि लियोनि नेपाल भ्रमणमा, भारतले अत्याबस्यक तेल र औषधि रोकेको बेलामा रक्सि लंच गर्ने सम्भावना

विश्वब्यापी फ्यान भएकी पुर्व पोर्न स्टार तथा वलिउड कि चर्चित अभिनेत्रि सन्नि लियोनिले यहि शनिवार साँझ नेपाल आएकी छिन् । आफ्ना पति डेनियलसँगै आएकि  सन्निको यो दोश्रो नेपाल भ्रमण हो ।

सन्निको नेपाल भ्रमणको उद्धेश्य आधिकारिक रुपमा नखुलाइए पनि उनले एक भारतिय रक्सिको ब्रान्ड नेपालमा लंच गर्ने सम्भावना रहेको छ  । हल्ला चले अनुसार सन्नि शुक्रबारनै आएर एक फेशन ईभेन्टमा भाग लिने भनिए पनि उनि कार्यक्रम सकिए पछि मात्र नेपाल आइपुगेकि हुन।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=LLFDAAfchcg

सन्निले शनिबार बिहान नेपाल जान लागेको कुरा टुईटर मार्फत सार्वजनिक गरेकि थिईन् । सन्निले नेपाल आफ्नो लागि विश्वकै मनपर्ने ठाउँ मध्येको एक भएको बताउँदै नेपाल जान उत्साहित भएको समेत उल्लेख गरेकी थिईन ।

 Continue reading

नेपालको सुन्दरता देखाएर भारतको बखान, मिस अर्थ इन्डिया आइतल खोसलाको बदमासि

मिस अर्थमा भाग लिइ रहेकि मिस अर्थ इण्डिया आइतल खोसलाले आफ्नो प्रमोसन भिडियोमा नेपालका द्र्श्यहरु देखाएर भारतको सुन्दरताको बखान गरेकि छिन । नेपालका हिमाल, पहाड र सडकका दृश्य समेटिएको सो भिडियोलाइ पहिले हेराइमा नै यो भारत नभएर नेपाल भएको प्रष्ट हुन्छ । एक दृश्यमा, नेपालको ट्राफिक प्रहरि, सडकमा नेपालि नम्बर प्लेट भएका गाडि र नेपालि साइनबोर्ड प्रष्ट देखिएको छ ।

भिडियो रिपोर्ट:

सो भिडियोमा राखिएका नेपालाका भिडियो क्लिप पनि खोसलाले स्वयं खिचेको नभइ अनलाइनमा फेला परेको भिडियो प्रयोग गरेको पुष्टि भएको छ । सो भिडियो टेटन ग्र्याभिडि रिसर्चका एरियल सिनेमा एक्स्पर्टले बनाएको र करिव नौ महिना पहिले भिमियो भिडियो होस्टिंग साइटमा अपलोड गरेको पत्ता लागेको छ । काठमान्डुबाट हेलिकप्टरमा उडेर खिचिएको सो भिडियोमा सगरमाथा, आमा दबलम र लोत्सेको भिडियो पनि समावेश गरिएको छ ।

मिस अर्थको अफिसियल च्यानलमा अपलोड गरिएको खोसलाको सो भिडियोमा कसैलाइ क्रेडिट दिइएको छैन र ब्याकग्राउन्डमा खोसलाले भारतको सुन्दरता र बातावरण बचाउको चुनौतिको बारेमा चर्चा गर्दै गर्दा काठामाण्डुको सडक देखाइएको छ ।

सो भिडियो को बिरोधमा फेसबुकमा, युट्युबमा र अन्य अनलाइन प्लेटफर्ममा बिरोध शुरु भए पछि मिस अर्थले अहिले सो भिडियोलाइ मेटाइ सकेको भए पनि अन्य विभिन्न व्यक्तिहरुले त्यो भिडियो अपलोड गरेको हुनाले हेरेर भारतिय सुन्दरिको बदमासिको बारेमा थाहा पाउन सकिन्छ ।

यो बर्ष मिस अर्थमा नेपालको तर्फबाट दिब्यता बैध्यले भाग लिएकि छिन । दिब्यताको प्रमोसन भिडियो होम स्टे भिलेज कम्युनिटिको कथा लाइ आधार बनाएर तयार गरिएको छ।

भिडियो हेर्नुहोस:

साताका पोस्टहरु ( माघ ६ सम्म)

पौष २९ (जनवरी 14, 2012)

  • Nepal, China sign eight deals on short visit of Jiabao – चिनिया प्रधानमन्त्रीको पाँच घण्टे नेपाल भ्रमणमा ८ सहमतिमा हस्ताक्षर भएको छ.
  • Maghe/Makar Shakranti, festival of ghyu, chaku and tarul – माघे सक्रान्ती पर्बको उपलक्षमा घ्यू चाकु तिलको लड्डु आदिको फोटो सहित परिचय
  • साताका पोस्टहरु (पौष २८ सम्म) – साता भर यस नेपाली वेबसाइटमा पोस्ट गरिएका सामाग्रीहरुको संगालो

पौष ३० (जनवरी 15, 2012)

  • Nepali Movie – Carrang Gang – नेपाली फिल्म क्यारेंग ग्यांग – स्टारकास्ट नभएको यस द्वन्दात्मक यस फिल्म को अपार सफलता पछि यसको दोश्रो भाग पनि बनेको थियो.  दोश्रो भागमा निखिल उप्रेती लगाएतका नाम चलेका कलाकारले अभिनय गरेका थिए.
  • Earthquake Safety Day – 16 January – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने उद्देश्यले यो दिनमा बिभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ – सोही बारेमा छोटो बिबरण.

माघ १ (जनवरी 16, 2012)

  • 14th Earthquake Safety Day celebration highlights – – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने कार्यक्रमको केही फोटो झलक
  • Lawmaker Shyam Sundar Gupta arrested on charge of businessman’s abduction – संबिधान सभा सभासद श्याम शुन्दर गुप्ता ब्यापारी अपहरणको दोषी भएको भन्दै समातिए.

माघ २ (जनवरी 17, 2012)

  • Maghe Shakranti different moods and modes of celebrations माघे सक्रान्ती पर्बको उपलक्षमा भएका कार्यक्रमको झलक – पार्टी, गोरु जुधाई र खाना हरुको फोटो.

माघ ३ (जनवरी 18, 2012)

  • Nepal-India home secretary-level talks: Nepal to train Indian police – नेपाल र भारतका सचिब स्तरीय बार्तामा भारतीय पुलिसलाई नेपालमा तालिम दिने सम्झौता.
  • Nepali Movie – Champa Chameli (2011) – नयाँ नेपाली फिल्म चम्पा चमेली

माघ ४ (जनवरी 19, 2012)

  • Loot – A Nepali movie review – नेपाली फिल्म ‘लुट’ को समीक्षा. यस फिल्म बर्षकै उत्कृस्ट फिल्म हुने सम्भाबना प्रबल रहेको छ.
  • Youth organizations announce phase-wise protest programmes against fuel price hike – नेपालमा पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिको बिरोधमा युवा संगठनहरुको आन्दोलन.

माघ ५ (जनवरी 20, 2012)

  • Prachanda’s new house / Everest Bank building / owned or leased ? – नेकपा मावोबादिका अध्यक्ष पुष्पकमल दाहाल भब्य नयाँ निवासमा. कान्तिपुर फोटो बिबाद र प्रचण्डपुत्र प्रकाशको स्पस्टीकरण.

माघ ६ (जनवरी 21, 2012)

  • Nepal Army Officer injured while defusing bomb – बम निस्क्रिय पार्ने क्रममा नेपाली सैनिक जवान घाइते भएको सम्बन्धी समाचार.