इन्द्रजात्राको परिचय र शुभकामना

काठमाडौं उपत्यकामा परापुर्ब काल देखि भाद्र शुक्ल चतुर्दशीका दिन नेवार समुदायमा इन्द्र जात्रा मनाउने गरिन्छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा मनाउने प्रचलन रहेको छ । पानि पार्ने देवताको रुपमा परिचित इन्द्र्रको पुजा आराधना गरिने हुनाले यो पर्वको नाम नै इन्द्रजात्रा रहन गएको हो ।

भिडियो परिचय यहाँ हेर्नुहोस:

यो जात्रा भाद्र शुक्ल द्वादशिका दिन हनुमानढोकाको अगाडि धार्मिक विधिपुर्वक इन्द्र्रध्वजासहितको एक लिङ्गो ठड्याइएपछि प्रारम्भ भए पछि आठ दिन सम्म विभिन्न प्रकारका नाचगान, रथयात्रा र देबिदेवताको पुजाआजा गरेर मनाउने प्रचलन छ । यो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सरकारि र निजि कार्यालयहरुमा सार्वजनिक बिदा दिने प्रचलन पनि छ ।

इतिहासविद हरुका अनुसार यो जात्रा लिच्छवि कालदेखि मनाउँदै आइएको हो । यस पर्वमा त्तान्त्रिक विधिद्वारा पुजा गरिन्छ । इन्द्रजात्राका लागि इन्द्रध्वज स्थापनाका लागि काटिने लिङ्गोदेखि उक्त लिङ्गो उपत्यकाभित्र प्रवेश गराउने, लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने कार्यका लागि साइत जुराउने प्रचलन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउँछन ।

 Continue reading