रंगपत्रकारका छाडा प्रश्न

अपडेट – Jan 28, 2012 मा प्रकाशित यो लेखको शुरुको शिर्षक “मुर्ख रंगपत्रकारका छाडा प्रश्न” थियो । मुर्खता के हो भनेर परिचय दिनु भन्दा सो शब्द नै हटाउन उचित लागेको हुनाले शिर्षक परिवर्तन गरिएको छ । साथै, हालै पत्रकार ऋषि धमलाले उनको “धमलाको हमला” नामको एक कार्यक्रममा अभिनेत्रि ऋचा शर्मालाइ सोधेको प्रश्नले हल्लिखल्लि नै मच्चिएको थियो । अभिनेत्रिहरुले हिमालयन टिभिलाइ सो कार्यक्रम बन्द गर्न दवाव पनि दिएका थिए । (धमला र शर्माको सो अन्तरवार्ता र उनको केहि समय पछिको जवाफ यहाँ हेर्न सकिन्छ।)

petition against dhamala ko hamala

** मुल लेखमा सबै दिर्घलाइ ह्रस्व बनाइएका छन **

– अनुप रेग्मि

interviews_trending_sex_n_sex1आजकाल जतिपनि मोडल, अभिनेत्रि आदिका अन्तरबार्ता प्रकाशित हुन्छन प्राय: सबै जसोमा अन्तर्वार्तामा सोधिने प्रश्नहरुमा  सेक्स र ब्लुफिल्मका बारेमा नसोधिएको बिरलै पाइन्छ । यसै सम्बन्धमा फिल्मस्अफनेपाल डट कमका साथीले लेखेको एक लेखको समिक्षा गर्दा रंगपत्रकारहरु साच्चिकै छाडा भएका हुन् त भन्ने प्रश्न उठेको छ ।

अहिलेको समयमा कुनै पनि बयस्क मानिसले सेक्स सम्बन्धी फिल्म वा दृष्य नदेख्न असम्भब प्राय: छ । इलेक्ट्रोनिक्स सामानहरु जस्तै कम्प्युटर, टिभि, मोबाइल फोन आदिमा कहिँ न कहिँ बाट तेस्ता सामाग्री हेर्दिन भन्दा पनि देखिने सम्भाबना अतिनै बढि छ । त्यसमाथि, मानिस जातैले क्युरियस हुने हुनाले सहज रुपमा पाइने तेस्ता सामाग्रीहरु खोज्नै परे पनि गाह्रो छैन ।

त्यसकारण, “ब्लुफिल्म हेर्नु भा छ” भनेर सोध्नु भनेको त्यस्तो प्रश्न सोध्ने पत्रकारको मुर्खता मात्रै हो । त्यो प्रश्नको उत्तर बाट पाठकले अन्तरबार्ता दिने कलाकार महिलाले (पुरुषहरुलाइ तेस्तो प्रश्न सोधेको मैले भेटेको छैन) साँचो बोल्यो या झुठो बोल्यो भन्ने जाँच्न बाहेक अरु कुनै परमज्ञान हासिल गर्न सक्दैन ।

केही उदाहरणहरु:

आजको शुक्रबारमा प्रकाशित प्रियंका कार्किको अन्तर्वार्तामा प्रत्येक प्रश्नमा “सेक्स” भन्ने शब्द छ । प्रियंकाले ती प्रश्नहरुलाई सहज हिसाबले उत्तर दिइन तर सबै कलाकार सेक्स सम्बन्धमा त्यति नै खुला हुन्छन भन्न मिल्दैन  ।

सोहि पत्रिकाले पहिला एटना कार्कि संग सोधेको एक प्रश्नको जबाफमा “ब्लु फिल्म हेरेर फ्रेस हुन्छु” भनेर जवाफ दिएकी थिइन ।

तेस्ता प्रश्न सोधिने कलाकारहरुमा अलिक खुलाखालका कलाकारहरु जस्तै मोडल र नायिका बेबि थापा, स्मिता थापा, सोनिया केसि, शुष्मा कार्कि आदिले त सहज रुपमा नै लिएको देखिएको छ । मलाइ मन परेको उत्तर चाहिँ पूर्ब मिस नेपाल सदिक्षा श्रेष्ठको हो:

प्रश्न – सेक्स अनुभव छ कि छैन ?
सदिक्षा – छैन ।

प्रश्न – ब्लुफिल्म हेर्नुभएको छ ?
सदिक्षा – कृपया यस्तो प्रश्न नगर्नुहोला ।

अबका दिनहरुमा मोडल र कलाकारहरुले पनि सदिक्षाले जस्तै उत्तर दिएर छाडा प्रश्नगर्ने रंगपत्रकारहरुलाई पाठ पढाउनु पर्छ कि, पत्रकारहरु आफै सुध्रन्छन ?

अन्त्यमा, “सेक्स” सम्बन्धि प्रश्न नसोधिने नायिका भनेर नम्रतालाइ  राखिएको रहेछ : “किनकि, उनको बारेमा सबै कुरा थाहा छँदैछ, किन सोधिराख्नु पर्यो ?”

who_is_not_asked_sex_question

Incoming search terms:

  • नेपालि सेकसि भिडियो
  • सेकसिभिडियो
  • नेपालिसेकसभिडियो
  • नेपाली सेक्स भिडियो

समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

नेपाली पत्रकारितामा महिला तथा दलित

नेपाल पत्रकार महासंघमा अबाद्ध पत्रकारहरुको तथ्यांक केलाउदा पत्रकारिता पेशामा साह्रै कम मात्रामा महिलाहरुको सहभागिता रहेको देखिन्छ। महिला र पुरुषहरु बीचको फरक निम्न चित्रले प्रष्ट पार्दछ ।

 male_female_journalists

पत्रकारितामा महिलाको समानुपातिक सहभागिता नहुदा समाचार र बिश्लेषणको प्रस्तुतिमा महिला बर्गको आबाजको बलियो प्रतिनिधित्व नहुन सक्छ।

 Continue reading

आजको पत्रकारिताका साच्चै सजिलो छैन !

आजको युगमा हिजोको युगमा जस्तो गरेर पत्रकारिता गर्न सकिदैन भन्ने कुरा आज फेरी कान्तिपुरले पुस्टि गरेको छ । हिजो शुक्रबार मात्र यसको एक भागका संयोजकले "न्युयोर्क टाइम्स, द टेलिग्राफ लागाएतका स्रोतबाट प्रबिधी सूचनामात्र लिएको नभई त्यहाँको प्रकाशित सामाग्रीलाइ आफ्नै जस्तो बनाएर छापेको" भनेर माफी मागेको भोलिपल्ट नै सामाजिक संजाल, फेसबुकमा चलेको हल्लालाइ आधार बनाएर एउटा समाचार छापेको रहेछ । केही समय अघाडी, बलिवुड अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको भनी टेलिभिजन र पत्रिकामा समाचार आएको थियो – एउटा मनोज गजुरेलको व्यङ्ग्य हसाउनको लागि बनाएको प्रसंगलाई आधार मानेर ।

the_kantipur_times_graph

आजको २ दशक अघि (२०४७ साल फाल्गुन ७ मा) स्थापना भएको कान्तिपुर दैनिकको लामो समय नेपालमा पत्रकारिताको अनुभब र दक्षता छ । यसमा काम गर्ने पत्रकारहरुमा पनि पत्रकारिताको लामो अनुभब र प्रभाब देख्न सकिन्छ । तेसैले त, "पाठकले सल्लाह दिन पाउछन तर, धाकै सही, पत्रकार ज्ञाता/बिशेषज्ञ हुन, डाक्टरलाई बिरामीको उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ," भनेर धाक लागाएका थिए, भलै त्यो सुन्दा, स्थापित पत्रकारहरुमा नागरिक पत्रकारिताको महत्वको बारेमा ज्ञान नभएको भान परेको थियो ।

twitter_comment_wagle

कान्तिपुरको मात्र कुरा गरे पनि यो एउटा पत्रिका वा एउटा पत्रकारको कुरा होइन । सबै पत्रिका र पत्रकारमा समय अनुसार परिवर्तन हुन नसक्ने रोग लागेको पक्का हो । २०४७ (फेबुअरी १९९१) सालमा कान्तिपुरले पत्रकारिता शुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । त्यो बेलामा गल्ती भए पनि धेरैलाई थाहा हुन्थेन भने थाहा पाउने एक दुइजनाले पनि गल्तीको बारेमा अरुलाई बताउने माध्यम थिएन । तेसैले  त्यो बेला "ज्ञाता/बिशेषज्ञ" भनेर फुर्ती लगाउन जति पनि मिल्थ्यो ।

तर, अहिले समय धेरै परिवर्तन भइ सकेको छ । अहिले जो कोहीले पनि कुनै एउटा सानो बिषयमा कुनै पनि बिशेषज्ञ भन्दा बढी जानकारी बटुल्न सक्छ । जस्तै, रहर लागेको खण्डमा, कुनै बिरामीले रोगको लक्षणको आधारमा इन्टरनेटमा खोजेर आफुलाई के रोग लागेको हो र उपचारको लागि कुन औषधी खानु पर्छ भनेर पत्ता लगाउन सक्छ । यसरी खोज्दा डाक्टरले जानेको भन्दा पनि नयाँ र बढी प्रभाबकारी औषधीको बारेमा पत्ता लागाउने सक्ने सम्भाबना पनि उत्तिकै हुन्छ ।  तर, यती हुदैमा बिरामीले डाक्टरले भन्दा बढी जान्ने भएँ भनेर फुर्ती लगाउन मिल्दैन र डाक्टरले पनि बिरामीलाई केहि थाहा छैन भनेर अनुमान लगाउन मिल्दैन । यो नयाँ युगमा दुवै पक्षले एक अर्काको सम्मान गरेर आ-आफ्नो क्षेत्रमा इमान्दारिता पूर्बक लाग्नुको विकल्प छैन ।

 Continue reading