‘प्ले गर्ल’ शुटिंग सकियो – टुपिसको हल्ला मात्रै

२७ दिनको शुटिंग सकेर "प्ले गर्ल" प्याकअप भएको छ । एउटा प्रोमोशनल गित खिच्ने काम बाँकी भए पनि अरु सवै  शुटिंग सकिएको "प्ले गर्ल" मा टुपिस खोल्ने बिबाद सस्तो प्रचार मात्र भएको पुष्टि भएको छ  ।  निर्देशक विजयबिक्रम बस्नेतले टु पिस खोल्न भन्ने र नायिकाले खोल्न नमान्ने नाटक मात्रै भएको शंका पहिले देखीनै गरिएको थियो किनकी, नेपाली फिल्म तेस्तो सिन राखिएमा सेन्सरबोर्डले पास नगर्ने निश्चितप्राय: नै हुन्छ ।

playgirl_team

निर्देशक विजय विक्रम बस्नेतका अनुसार ईलाममा शुटिंग सुरु गरिएको सो फिल्म धरान सर्लाही हुदै अन्तिम सिन काठमाण्डौंको दरबारमार्गमा खिचिएको  थियो । महिला प्रधान यो फिल्ममा पेशला कटुवाल मुख्य भूमिकामा छिन भने यधुसन कुँवर र कस्तुरी खरेल को पनि लिड रोल रहेको छ  ।  फिल्मको सबै पोस्ट प्रोडक्सन काम समाप्त गरि यही श्रावण महिनामा प्रदर्शन गर्ने हिसाबले काम भइ रहेको बताइएको छ ।

peshla_katwal_actress_shooting