हाम्रा नेताहरु कस्ता घरमा बस्छन ?

गास, बास र कपास सबैलाइ चाहिने कुरा हुन । आधारभुत आबश्यकता र बिलासिताकाको बिचमा खासै ठुलो फरक हुँदैन । अझ,  आबश्यकता र बिलासिताका भनेको ठाँउ, व्यक्ति र अवस्था अनुसार फरक फरक हुन सक्छ । जस्तै, धान नफाल्ने हिमालि भेगमा भात खानुलाइ विलासिता मानिएला तर तराइमा भात आधारभुत आबश्यकता हुन सक्छ । तेसैले, नेता कस्तो घरमा बस्छन भन्ने कुरा पनि उनिहरुको आबश्यकता र अबस्थाले निर्धारण गर्ने कुरा हुन । उनिहरुको बसाइ सम्बन्धि यो रिपोर्टलाई त्यहि हिसाबले बुझिदिनु हुन अनुरोध छ।

leaders house

यो भिडियो रिपोर्टमा निम्न नेताहरुको बासस्थानको चर्चा गरिएको छ:

  • प्रधानमन्त्रि केपि ओलि
  • शुशिल कोइराला
  • शेरबहादुर देउवा
  • रामचन्द्र पौडेल
  • प्रचण्ड, पुष्पकमल  दाहाल
  • बाबुराम भट्टराइ
  • झलनाथ खनाल
  • माधव नेपाल

यि बाहेक, निम्न नेताहरुको घरको फोटाहरु पनि यो भिडियोमा समावेस गरिएका छन्:

  • प्रदिप ज्ञावालि
  • शंकर पोखरेल
  • शरद शिं भण्डारि
  • एक नारायण भण्डारि
  • लोकेन्द्र बहादुर चन्द
  • हृदयश त्रिपाठि
  • खिमलाल देबकोटा
  • नरहरि आचार्य
  • राजेन्द्र महतो

हाम्रा नेता र तिनका नेता

शिक्षक म्यागेजिनको २०६९ असोज अंक सरसर्ती पल्टाउँदै जाँदा अन्तिम पातोको आलोपालो स्तम्भले निकै तान्यो । ‘कहिले फुल्छौँ, किन फुल्छौँ’ शीर्षकको उक्त पाठ टाइम म्यागेजिनको १० सेप्टेम्बर २०१२ को अंकबाट लिइएको रहेछ । त्यहाँ दुई पूर्वअमेरिकी राष्ट्रपतिहरू विल क्लिन्टन र जर्ज डब्ल्यु बुस तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको दुई दुई ओटा फोटो दिएर तुलना गरिएको छ । ती फोटाहरू हरेक राष्ट्रपतिले आफ्नो ४ वर्षे (एक) कार्यकाल पुरा गर्नु अघि र पुरा गरेपछिका हुन् । त्यसमा देखाइएअनुसार ती राष्ट्रपतिले ४ वर्षे कार्यकाल विताइसक्दा तिनको कालो कपाल फुलेर तिलचामले भएछन्, चिल्लो अनुहार चाउरी नै चाउरी परेछन् । ती त ४ वर्षमै झण्डै चिन्नै नसकिने गरी बुढो देखिएछन् । टाइम म्यागेजिनले यसको वैज्ञानिक कारण खोतल्दा पदीय भूमिका निभाउँदा गरिने चिन्ता र चिन्तनले त्यस्तो भएको निष्कर्ष पस्केको रहेछ ।

obama_compared_hair_color

यो पढ्नेवित्तिकै एकाएक मेरो मथिंगलमा तरंग पैदा भयो । अमेरिकी राष्ट्रपतिका फोटाहरुसँगै हाम्रा नेताका फोटाहरु पनि राखेर शिक्षकले नेपाली संस्करण पनि सँगै पस्किदिएको भए कस्तो दृश्य देखिँदो हो ! मैले मनमनै गम्न थालेँ । सत्ताको उच्चासन सम्हाल्न पुगेका नेपालका राजनीतिक पात्रहरूको मुखाकृति चलचित्रका दृश्यजस्तै मेरो मानसपटलमा दौडन थाले । राष्ट्रपति रामवरण यादवको चारवर्ष अघिको र अहिलेको अनुहार मनमनै तुलना गरेँ । बाबुरामको १ वर्ष अघिको र पछिको…। झलनाथको ६ महिना अघिको र पछिको…। माधव नेपालको…। प्रचण्डको…। गिरिजाबाबुको…। ज्ञानेन्द्रको…। सूर्यबहादुरको…। लोकेन्द्रबहादुरको…। शेरबहादुरको…। उता, केपी ओलीको…। विद्या भण्डारीको… । सुजाता कोइरालाको…। विजय गच्छदारको…। भिम रावलको…। बामदेव गौतमको…। कृष्ण सिटौलाको…। राजेन्द्र महतोको…। चिरञ्जीवी वाग्लकोे…। खुमबहादुर खड्काको…। गोविन्दराज जोशीको…। जे.पी. गुप्ताको…। श्यामसुन्दर गुप्ताको… । ओहो ! मैले देख्दा त सबका सबको अनुहार पदमा पुग्नुअघि चाउरिएको र पदबाट निस्कँदा पुष्टिएको । पदविना १ महिना पनि बाहिर बस्नुपर्दा अनुहारै टाक्सिएको र पदमा पुगेको भोलिपल्टैदेखि उक्सिएको पो देखेको थिएँ, धरोधर्म !
 Continue reading