चर्चित हुँन स्क्यान्डल रुचाउने र स्क्याण्डलले पछ्याउने टप ५ नेपालि अभिनेत्रिहरु

सिने क्षेत्रमा राम्रो काम गरेर चर्चित हुनु भन्दा पनि नराम्रो काम गरेर चर्चामा आउन सजिलो मानिन्छ । फिल्मको प्रचारको लागि होस वा आफ्नै लोकप्रियताको लागि बिभिन्न स्टन्ट वा प्रचारबाजि गरेर चर्चित हुने चलन बढेको छ फिल्मि दुनियामा । कतिपय कलाकारले चर्चा चाहेर गर्छन भने कतिपय बिभिन्न स्क्यान्डलका कारण आफै चर्चित पनि हुन्छन । हुन पनि फिल्मि ब्रितमा “बरु बदनाम हुनु तर गुमनाम नहुनु” भन्ने मन्त्र जपेर सस्तो प्रचारबाजि गरेर क्षणिक चर्चा पाउनेमा बिभिन्न अभिनेता र अभिनेत्रिहरु छन् । आज म चर्चा गर्दै छु सबै भन्दा बढि चर्चामा आएका ५ अभिनेत्रिहरुको ।

भिडियो रिपोर्ट

१. रेखा थापा

रेखा थापालाइ ‘स्क्यान्डल क्विन’ नै भन्ने गरिन्छ । शुरुमा चर्चित हुँनकै लागि छोटा लुगा लगाउने रेखालाइ जिस्क्याएर देखा थापा पनि भनिन्थ्यो । उमेरले परिपक्व भए पछि भने आजकाल उनले छोटा लुगामा भन्दा पनि अन्य कुराबाट चर्चित हुने बहाना गरिरहन्छिन । उनका चर्चित स्क्यान्डलहरुमा छविराज ओझासंगको विवाह र सम्बन्ध बिक्षेद, सुदर्शन गौतमसंगको अफेयर, प्रचण्डसंगको नाच, संबिधानसभामा उमेदवारि र भोटरलिस्टमा नाम नभएकोले छोडनु परेको, फिल्म शुटिंग हुँदा हुँदै निर्देशकलाइ निकालेर आँफै निर्देशन सम्हालेको, पत्रकारलाइ कुटेको, राउटेका बच्चालाइ पालेको, कार्यक्रमहरुमा जान्छु भनेर अन्तिम समयमा नगएको, प्राय सबै जस्तो अभिनेताहरुसंग झगडा आदि अनगिन्ति प्रसंगहरुले रेखालाइ चर्चित बनाइ रहे ।

rekha thapa

२ नम्रता श्रेष्ठ

नेपालि अभिनेत्रि नम्रता श्रेष्ठ पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनको दोश्रो फिल्म “मेरो एउटा साथी छ” रिलिज ताका डिजे तान्त्रिक संगको सेक्स भिडियोले चर्चित बनाएको नम्रताको रेमनदास श्रेष्ठ र प्रेम घले संगको रोमान्सको चर्चा पनि लामो समय चलेको थियो । अहिले उनि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण चर्चित छिन । आजकाल नम्रता र दावा प्राय: सबैजसो सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । राम्रो अभिनय क्षमता भएकि नम्रताको पहिलो निर्माण ‘सोल सिस्टर’ भने फ्लप भएको थियो ।

 Continue reading

Incoming search terms:

  • rekhathapa
  • susma karki

८ नेपालि अभिनेत्रिका सफल हुन नसकेका प्रेम संबन्धहरु

सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।

भिडियो रिपोर्ट तयार हुँदै छ :

निशा अधिकारी

अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।

 Continue reading

५ नेपालि अभिनेत्रि, गाउन मनपराउँने

नेपाली सिने क्षेत्रमा जम्नको लागि अभिनेत्रिहरुले अभिनय र  नृत्य गर्न जान्नु पर्ने पहिलो शर्त हो । त्यस्को साथ साथै अन्य  कलाका बिधामा पनि पारंगत हुनु राम्रो मानिन्छ । तेसैले होला प्राय: अभिनेत्रिहरु गाउन पनि थालेका छन । गाउने रहर भएका यि अभिनेत्रिहरु माध्ये केहिले त गिति गाएर म्युजिक भिडियो पनि बनाएका छन् । आज हामि तेस्तै अभिनेत्रिहरुको चर्चा गर्ने छौं जस्ले गायक भएर गित वा अल्बम नै रिलिज गरिसकेका छन् । आज हामि अभिनेत्रिहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा, र निरुता सिंह गायकिय क्षमताको चर्चा गर्नेछौं ।

भिडियो रिपोर्ट

रेखा थापा

अभिनेत्रि रेखा थापा नेपालि फिल्म क्षेत्रमा एक नंबर अभिनेत्रिको रुपमा लामो समय सम्म राज गरेकि अभिनेत्रि हुन । उनले “समिक्षा” नाम गरेको एक एल्बमको “जिन्दगीको लामो यात्रा ..” बोलको एउटा  गितमा आवाज दिएकि छिन् ।  उक्त गितमा रेखालाइ नृत्य निर्देशक शकंर बिसीले साथ दिएका छन्। त्यसको साथै उनले “अजम्बरि नाता”को एउटा गितमा पनि आवाज् दिएकि थिइन ।

rekha thapa smile 2

रेखाले अन्तर्वार्ताहरुमा आफ्ना फिल्मका गितहरु पनि आफ्नो स्वरमा गाएर सुनाउने गरेकि छिन।

प्रियंका कार्की

उत्क्रिष्ट अभिनय गर्ने अभिनेत्रिको रुपमा परिचित प्रियंका कार्कीले पनि हालै एक गित को म्युजिक भिडियो रिलिज गरेकि छिन् । बच्चु कैलाशको सदाबहार गित “तिमीले त हैन…”  बोलको गितलाइ उनले गाएको गितले राम्रै रेस्पोन्स पाएको छ । प्रियंका अभिनेत्रि बन्नु भन्दा पहिले, स्कुले जिवनमा, नृत्य का साथ साथै गित पनि गाउने गर्थिन रे। तर एसएलसि दिए पछि उनले अभिनयलाइ नै पहिलो प्रथमिकतामा राखेर अघि बढिन । अव्, उनले आफ्नो गायनलाइ पनि संगै लिएर जाने सोच लिएको बुझ्न सकिन्छ ।

priyanka-karki-summer-love-unveiling3

नम्रता श्रेष्ठ

नेपालि सिने क्षेत्रकि अर्कि उत्क्रिष्ट अभिनेत्री नम्रता श्रेष्ठले पनि गायिका हुने रहर गरेकि छिन् । उनले आँफैले निर्माण गरेको पहिलो चलचित्र “सोल सिस्टर”को एउटा गित गाएउनुको साथै कन्सर्ट्मा लाइभ पनि गाएकि थिइन ।

priyanka karki and namrarata shrestha hot dress

निरुता सिंह

आजकाल नाम त्यति नसुनिने अभिनेत्रि निरुता सिंह आफ्नो जमानाकि माथिल्लो दर्जाकि अभिनेत्रि हुन । केहि वर्ष अघि त्निरुताले गाएको गित चर्चित भएको थियो । अरु अभिनेत्रिहरु जस्तै अभिनयमा सफल भए पछि निरुताले पनि गित गाएकि थिइन । उनले गाएको “छाडि जाने मायालुलाई …”  बोलको गितमा उषा खड्गि ले अभिनय गरेकि छिन ।

niruta singh

अनु शाह

अर्कि उदियमान अभिनेत्रि अनु शाहले पनि मोडलिङ, अभिनय हुँदै गायिका हुने पनि जमर्को गरेकि छिन । संगितकार चेतन सापकोटाको सहयोगमा अनुले चलचित्र “सकस”को लागि एउटा गित गाएकी छिन् । “खुशि नै छ खुशि …” बोलको उक्त गित भने अहिले सम्म बजारमा आइ नसकेको हुनाले अनुको आवाज कस्तो छ भन्न नसकिने अबस्था छ ।

anu shah

नम्रताले राष्ट्रिय चलचित्र पुरस्कारको हल्ला निराधार भएको बताइन

गत साता वितरित राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा आफ्ना बारे विभिन्न ब्लग र सामाजिक सञ्जालमा आएका कुरालाइ गलत हल्ला भन्दै नायिका नम्रता श्रेष्ठले दुख व्यक्त गरेकि छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टयाटस लेख्दै अनलाइन तथा ब्लगमा आएका समाचार तथ्यहिन भएको बताएकि हुन् । राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफु अरु भन्दा पहिले नै बाहिरिएको र आफुलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले स्ट्याटसमा लेखेकि छिन् ।

अंग्रेजिमा लेखिएको नम्रताको भनाइको पुर्ण पाठ हाम्रो अंग्रेजि संस्करण ब्लगमा पढ्न सकिन्छ।

namrata shrestha 4

“पुरस्कार नपाएका कारण चाँडै बाहिरिएको भन्ने हल्ला सरासर निराधार हो । त्यो दिन मेरो म्युजिक भिडियोको सुटिङ थियो । बोर्डबाट अनुरोध आएकाले सो कार्यक्रममा गएकि थिएँ । सुटिंग युनिटले कुरिरहेकाले हुनाले कार्यक्रम सकिने बित्तिकै हिंडे,’ नम्रताले लेखेकी छिन् ।  उनले  आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि  गुनासो गरेकि छिन् ।

 Continue reading

‘छड्के’को पोस्टर कम्पिटिसन – सह्रनिय नयाँ प्रयोग

ग्राफिक डिजाइनर आनन्द महर्जनले नेपाली फिल्म ‘छड्के’को पोस्टर कम्पिटिसनमा उत्कृस्ट पोस्टर डिजाइन गरे पहिलो भएका छन् । नेपाली फिल्म जगतमा यो यस खालको नयाँ शुरुवातले बिदेशी सिनेमा बाट पोस्टर कन्सेप्ट र पुरै पोस्टर नै चोर्ने प्रवृतिमा कमी आउने आशा गर्न सकिन्छ ।

‘छड्के’मा नम्रता श्रेष्ठको मुख्य भूमिका हुने खबर त हामीले पहिले नै लेखेका थियौं । नम्रताको साथ साथै सो फिल्ममा अन्य कलाकार जस्तै सौगात मल्ल, दयाहाङ राई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अर्पण थापा, रविन तामाङ आदिको पनि मुख्य भूमिका हुने बताइएको छ । ‘छड्के’लाइ निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

नेपाली फिल्मको पोस्टर चोरी र पोस्टर कम्पिटिसनको बिषयमा लिंकबाट पुगिने अंग्रेजी लेखमा बिस्तृत बिबरण दिइएको छ ।

‘मिस यू’ले नै नम्रतालाइ मिस गर्दा

miss_u_logoयो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ । निर्देशक शुरेश दर्पणले राम्रो फिल्म बनाए पनि बरुण राणा रोल फितलो भएको र फिल्ममा कौतुहलताको कमी भएको हुनाले फिल्म त्यति राम्रो नबनेको (लिंक, अंग्रेजी लेख) हाम्रा फिल्म समीक्षक रौनक निरौला बताउछन ।

नम्रता श्रेष्ठको कमब्याक फिल्मको रुपमा हेरिएको "मिस यू" का प्रमोशन कार्यक्रममा नै नम्रता नगईदिनाले ती कार्यक्रममा नम्रताको अभाब खड्किएको थियो । नम्रता "मिस यू"का कुनै पनि कार्यक्रममा नदेखिनुको कारण बारेमा दिलीप रायमाझीले झारा टार्ने हिसाबले यस्तो उत्तर दिए:

उहाँको व्यवस्ताका कारण पनि हुन सक्छ तर कतिपय इभेन्टमा हामीले नै बोलाएका छैनौं । चलचित्र सुटिङका क्रममा केही गलत बुझाइहरू हुन सक्छन तर त्यो कुरालाई लिएर बसिरहनु पनि हुँदैन । यो उहाँको कुरा हो ।

उनीहरु भित्रको भित्री कुरा त उनीहरुनै जानुन, तर कसैसंग रिस उठ्यो भनेर फिल्मका दर्शकहरुलाई कुनै पनि पक्षले हेलाँ गर्नव नहुने हो।

Miss_U_posters_6

हल्ला चले अनुसार नम्रता र दिलीप रायमाझी बीचमा खिचिएको बेडसिनको विषयमा नम्रतालाइ चित्त बुझेको थिएन । बिबादको कारण अर्कै एकजना केटीसँगको बेडसिनको दृश्यलाई नम्रताको दृश्यमा जोडिएको थियो, तर नम्रताले बिरोध गरे पछि फेरी उनकै बेडसिन राखिएको बताइएको छ ।

हल्ला साँचो हो भने, यसरी केटाकेटी खेलेको जस्तो एउटा सिनको लागि झगडा गरेर फिल्मको प्रमोसन नै नगर्नु कतिको जायज होला?

नम्रताको अबको नयाँ फिल्म ‘छड्के’

राम्रो अभिनय गर्न सक्ने भनेर ख्याती कमाएकी नेपाली नायिका नम्रता श्रेष्ठ केही समय सुस्ताए पनि अबका दिनहरुमा फेरी सक्रिय हुन् थालेको आभास हुन्छ । अहिले सम्म जम्मा दुइवटा मात्र चलचित्र रिलिज भएकोमा दुवै ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ लाइ दर्शकले मन पराएका थिए ।  ‘मेरो एउटा साथी छ’ को रिलिजको को लगत्तै सार्बजनिक भएको उनको यौन भिडियो काण्ड पछि नम्रता केही समय त सार्बजनिक हुन नै चाहिनन । सो घटनाको करिब एक बर्ष पछि लागु पदार्थ दुर्व्यसनी एकता महतको बारेमा भन्ने फिल्ममा खेल्ने कुरा चले पनि सो फिल्मको हल्ला हल्लामा मात्रै सिमित रह्यो र त्यसको एक बर्ष पछि उनले अर्को चलचित्र, "मिस यु" साइन गरिन ।

namrata Shrestha

एक पटकमा एउटा भन्दा बढी फिल्म नखेल्ने र स्क्रिप्ट मन नपारी फिल्म साइन नै नगर्ने नम्रताले दुइ बर्ष  अघाडी नै खेल्ने भनेको फिल्म "मिस यु" यहि भ्यालेन्टाइनको समय पारेर रिलिज हुदै छ । यस बीचमा उनले एउटा अंग्रेजी नाटक ‘ओलियना’ पनि खेलेकी थिईन जसमा उनको काम प्रशंसनीय नै रहेको बताएइएको थियो।

चलचित्र ‘मिस यु’ को रिलिजको संघारमा जति धेरै मिडियामा समाचार बन्यो त्यति नै फिल्मको सित्तैमा प्रचार हुने र साथै नयाँ काम पनि शुरु गर्ने समय भएको हुनाले पनि नम्रताको बारेमा आजकाल बढी सुनिन थालेको हुन् सक्छ। यसै बीच नम्रताले अभिनय गर्ने चौथो सिनेमा ‘छड्के’ हुने खबर आएको छ। यही चैतबाट सुटिङ हुने लगभग पक्का भएको यस फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

एक्सन कथाबस्तुमा बन्न लागेको ‘छड्के’ को तयारीको लागि नम्रताले मार्सल आर्टको तालिम पनि लिने भएकी छिन । ‘छड्के’ मा नम्रताका साथ साथै अहिले चर्चामा रहेको चलचित्र ‘लुट’का कलाकार सौगात मल्ल र दयाह्याङ राई पनि खेल्ने भएका छन् ।

नेपाली कलाकारहरुको दरिद्र मानसिकता

namrata_shrestha_2अघिल्लो हप्ता सुन्दर नायिका नम्रता श्रेष्ठसंग सक्षात्कार् हुने सुनौलो अवसर पाएँ | त्यो अवसर त्रिविको शैक्षिक नाटकको दर्शक बन्ने क्रममा मिलेको थियो | "ओलिएना" नामको उक्त नाटकका कलाकारहरु उनी लगायत अनुप बराल,दिया मास्के इत्यादी थिए | सेलिब्रेटीहरु भन्नाले हामी जस्तै तर अलि बढी प्रतिभाशाली र त्यसको प्रदर्शन पहुँच भएका व्यक्तिहरु हुन् भन्ने सोच्दा सोच्दै एउटा साधारण दर्शक मन उनीहरुको उपस्थितिमा त्यसै त्यसै आकर्षित अनि अचम्भित बन्दो रहेछ | अझ नम्रता त मेरो नजरकी नेपाली सिने जगतकै अत्यन्त सुन्दर नायिका, उनी प्रति म हुरुक्कै हुनु स्वाभाविक नै हो |

म्युजिक भिडियोको सुरुवाती दिनहरुमै मलाई उनी सारै राम्री लाग्ने, उनले अभिनय गरेको फिल्म "सानो संसार" र "मेरो एउटा साथी छ " हेरे पश्चात त झनै उनको सुन्दरता, अभिनय, नृत्य कौशलताले  मेरो मनै लोभ्यायो | उनको जीवनमा आएको तीता आरोह अबरोहलाई जुन आत्मविश्वास र साहसका पार गरिन् त्यसपछि म अझ एउटी नारीको हैसियतमा उनको कदर गर्ने नै भएँ |

oleanna_namrata

त्यस दिन अचानक दर्शकदीर्घाको एउटा कुनामा (त्यही मेरो टिकट परेको रहेछ|) उनलाई देख्दा म अवाक् भएकी थिएँ | खुसीको सिमा नै रहेन | पर्दामा देखिए भन्दा अलिक बढी नै राम्री पनि लागिन् मलाई उनी | मलाई उनीसंग भलाकुसारी गर्ने मन भो तर, उनको दायाँ बायाँ हेर्ने र त्यहाँको माहौल बुझ्ने तत्परता कम देखे पछी म केहि हच्किए | यधपी, कलाकार हुन् हामीले उनीहरुको काम नहेरिदिए, इज्जत र माया नदिए कसरी उनीहरुको हौसला बढ्छ त भन्ने सोचाइले मैले सुटुक्क उनीसंग अटोग्राफको लागी अनुरोध गरें | आखिर कलाकार र उनको फ्यानबीच संचार गर्ने अरु बाटो नै के पो छ र ?

तर बिडम्बना, मेरो यो प्रयास असफल भयो |

अब यस्तो परिस्थितिमा कस्तो महशुस हुन्छ हामी आफै बिचार गरौ त ! साच्चैं भन्नु पर्दा मलाई आत्मग्लानी भयो | व्यर्थै अटोग्राफ मागी टोपलेछु भन्ने पश्चाताप पनि | खैर, जे होस् उनी नाटककै रिहर्शलको क्रममा भएकीले होला भन्ने अनुमान गरी चित्त बुझाएँ | यधपी, मलाई आज पनि उनी त्यत्तिकै सुन्दर लाग्छिन | अनि उनको फिल्म,म्युजिक भिडियो पनि म उत्तिकै मग्न भएर हेर्नेछु |

namrata_shrestha_bell

अँ,यो घटना पछी भने नेपाली सेलिब्रेटीहरुको मानसिकता बारे मलाई आफ्नो दिमागले भ्याएसम्म सोच्न मन लाग्यो | म कुनै रंग पत्रकार त हैन जसको ठुला स्टारहरुसंग राम्रो सम्बन्ध होस् | म त एक सामान्य दर्शक र एक आमनागरिक हूँ जो नेपाली कलाजगत अन्य जत्तिकै माथि उठोस् भन्ने चाहन्छ, जसले कहिलेकाही सुटिंगस्पट र त्यस्तै कार्यक्रम देखि बाहेक स्टारहरुलाई काँचको पर्दामा मात्र देखेको छ | तैपनि कलाजगतको पक्षहरुप्रति बढी नै चासो राख्ने हुनाले यस्ता कुराहरु सोच्न अभिप्रेरित हुन मन लाग्यो अनि लाग्यो कतै यस्तै साना तिना कुराहरुले नै  हाम्रा सेलिब्रेटीको क्रेजलाई घटाई रहेका छैनन् ?

 Continue reading