नेहा पुनको हत्यामा प्रहरिको अनुसन्धान अपर्याप्त भएको मगर समाजको आरोप

माघ १८ गते हत्या गरिएकि नेहा पुनको हत्यारा भनेर प्रहरिले कृतन खड्गिलाइ सार्बजनिक गरे पनि, नेहाको हत्याको बारेमा धेरै प्रश्नहरु भने अनुत्तरित नै रहेका छन । जस्तो कि :

  • के शतिश खडगिको बयानलाइ मात्र आधार बनाइएको जस्तो प्रहरिको रिपोर्ट सहि छ त? अन्य सम्भावनाको बारेमा प्रहरिले के कस्तो अनुसन्धाना गर्यो त ?
  • प्रहरिले घटनास्थलमा प्राप्त सबुद प्रमाण को बारेमा रिपोर्टमा किन केहि पनि उल्लेख गरेन?
  • नेहाको पोष्ट मार्टम रिर्पोट किन सार्वजनिक गरिएन ?
  • हेल्मेटले हानेर मारेको भनिए पनि नेहा कसरि अर्ध नग्न भइन? उनको पाइन्ट र भित्रि बस्त्र पनि खोलिएको कारणको बारेमा प्रहरिको भनाइ किन फितलो छ?

यि र अन्य प्रश्नहरुले पिरोलेकोले मगर समाजले आज बिहिबार पोखरामा शान्ति र्यालि निकालेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=KisX-V8GC38

 Continue reading

नेहा पुनको हत्यारा सतिशको बयान, होटलमा बस्न जान नमानेकोले हत्या

अघिल्लो हप्ता हत्या गरिएकि नेहा पुनको हत्यारा सतिश भनेर चिनिने कृतन खड्गि भएको प्रहरिले बताएको छ । प्रहरि रिपोर्ट अनुसार १८ गते राति नेहा र सतिश अन्य साथिहरुसंग मदिरा सेवन गरेर सतिशसंगै मोटरसाइकलमा लेकसाइड हुँदै घर फर्कंदै गर्दा सो घटना भएको उल्लेख छ । दुइजना घर नजिकै पुगे पछि सतिशले घर नगइ कुनै होटेलमा गएर बस्ने प्रस्ताव गरेको र नेहाले नमानेको उल्लेख छ । दुइ जनामा कुरा नमिलेर झगडा परेको र सोहि क्रममा सतिशले हेल्मेटले हान्दा उनको मृत्यु भएको भनिएको छ ।

यस अघि १९ बर्ष भनिएकि भनिएको नेहा पुन भनिने योरुना पुनको उमेर पुलिसको रिपोर्टमा भने १८ बर्ष मात्रै भएको उल्लेख छ ।

सतिशले हत्या गरेको स्विकार गरिसकेको भन्ने प्रहरि रिपोर्टको पुर्ण पाठ सहितको भिडियो  हेर्नुहोस:

https://www.youtube.com/watch?v=_0yOx79pmFc

 Continue reading

नेहा पुनको सम्झनामा काठमाण्डौं मा प्रार्थना सभा (भिडियो अपडेट)

अपडेट: प्रार्थाना सभाको बारेमा भिडियो :

https://www.youtube.com/watch?v=U4pD-Lh39yc

पोखरामा बलत्कार पछि हत्या गरिएकि अभिनेत्रि र मोडल नेहा पुनको हत्या भएकोमा  नेपालि अभिनेत्रिहरुको पहलमा काठमाण्डौंमा श्रद्धान्जलि भेला आयोजना हुँदै छ  । माइतिघर मण्डलामा आज शनिवार बेलुका ५:३० बजे आयोजना हुने प्रार्थना सभामा नेहाको आत्माको चिर शान्तिको कामनाका साथै हत्याराको छिटो पहिचान गरि कारवाहिको माग पनि गरिने खवर छ । भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=LenV8hxOwxk

अभिनेत्रिहरु प्रियंका कार्कि, केकि अधिकारि, गौरि मल्ल, रिचा शर्मा, निशा अधिकारि, बर्षा राउत, माल्भिका सुब्बा, शृष्टि श्रेष्ठ, नन्दिता केसि आदि  अभिनेत्रिहरुले फेसबुक, ट्विटर, इन्स्टाग्रामा आदि सोसल मिडियामा नेहाको आत्माको चिर शान्तिको कामना गर्दै उनले न्याय पाउनु पर्ने आशयका मेसेजहरु शेयर गरेका छन् ।

 Continue reading