तिजको परिचय र तिजका अन्ध बिश्वासहरु

happy_teej(तिजका गीत सुन्नको लागि क्लिक गर्नुहोस | यो बर्ष फिल्मि कलाकारहरुले मोडलिंग गरेका तिज गित् यहाँ जानुहोस)

आज नेपालमा हिन्दु महिलाहरुको सबै भन्दा ठुलो पर्ब, हरितालिका तिज, मनाइँदै छ । परापुर्बकालमा पार्वतिले महादेवलाइ पति पाउनका लागि कठोर व्रत गरेको प्रसंगलाइ आधार मानेर तिज मानाउने गरेको बिश्वास गरिन्छ ।

यस पर्बमा अबिबाहित महिलाहरुले महादेव जस्तै सुयोग्य र आदर्श वर पाउँ भनेर ब्रत लिने गर्दछन भने बिबाहित महिलाहरुले आफ्नो पतिको सुख, समृद्धि, दिर्घायु र सुस्वास्थ्यको कामना गरेर ब्रत लिने गर्दछन ।

तिजका प्रमुख पाँच बिशेषताहरु:

  • भोकै ब्रत
  • रातो सारि (दुलहिको जस्तो पहिरन)
  • तिजका गितहरु
  • तिजका नाचहरु
  • शिवको पुजाअर्चना

तिज भाद्र शुक्ल द्वितिया देखि पञ्चमि सम्म ४ दिन मनाइन्छ।

  • पहिलो दिन – दर खाने (राति अबेर खायो भने भोलिपल्ट दिन भर भोकै बस्न सजिलो होस भनेर)
  • दोश्रो दिन – ब्रत बस्ने दिन (नाचगान र पुजा अर्चना)
  • तेश्रो दिन – गणेश चतुर्थि
  • चौथो दिन – ऋषि पन्चमि (पुजा अर्चना गर्ने दिन)

भिडियो परिचय:

दर खाने

तिजको दिन जल समेत नखाई ब्रत बस्नुपर्ने हुनाले तिजको अघिल्लो दिन बिभिन्न परिकार तथा मिष्ठान्नहरु तयार गरि ब्रतालुहरुले दर खाने प्रचलन छ ।दरमा ठाँउ अनुसार मिठा-मिठा परिकार खाने गरिन्छ । बिशेष गरि खाने कुराहरुमा खीर, सेलरोटि, केरा/फलफुल आदि मिष्ठान्न भोजनहरु  हुन्छन। तर, आजकाल अरु बिभिन्न परिकारहरु सर्ब सुलभ रुपमा उपल्ब्ध हुने हुँनाले दरका परिकारमा पनि आधुनिकता आएको छ।

पहिला दर बिहान उज्यालो हुनु भन्दा पहिले खाइ सक्ने चलन भए पनि  आजकाल घडिको सर्बसुलभताका कारण मध्यरात १२ बजे अघि नै दर खाने चलन बसेको छ। चिनजानका साथिहरु, नातेदार आदिलाइ बोलाएर दर खुवाउने प्रचलन पनि रहेको छ । आजकाल तिज आउनु भन्दा धेरै अघिदेखि नै दर खाने बहानामा जमघट गर्ने प्रचलन बढेको छ।

तिजमा माइतिले (चेलिका बाबु आमा वा दाजुभाइले) छोरि/चेलिलाइ घरमा बोलाएर संगै बस्ने, मिठा-मिठा परिकार खाने र दुख सुख साटासाट गर्ने पुरानो चलन हो । माइत जाने, घरका दुखसुखका कुरा बिसाउने साथि संगिहरुलाइ भेटने हिसाबले तिज र दर खाने प्रचलन पहिलेका महिलाहरुमा छुट्टै महत्व राख्ने गर्दथ्यो ।
 Continue reading

पुर्व युवराज पारस छोरि पुर्णिकाकासाथ शिवसेना नेपालको कार्यक्रममा सहभागि (V-Blog)

शिव सेना नेपालले यहि पुस १६ गते बिहीबार पशुपतिको वनकालिमा गरेको एक कार्यक्रममा पुर्व युवराज पारस शाह आफ्नि छोरि पुर्णिकाका साथ सहभागी भएका थिए । कार्यक्रम अनुसार बिहान ११ बजे आउने भनिएको भए पनि उनी आइपुग्दा भने साढे १ बजिसकेको थियो । सो कार्यक्रम पारसको जन्मदिन को उपलक्षमा निशुल्क खाना खुवाउने कार्यक्रम थियो । यसैलाइ बिस्तारित गरेर शिव सेनाले भुकम्प पिडित र नाकाबन्दि पिडितहरुको लागि निशुल्क खाना खुवाउने कार्यक्रम शुरु गर्दैछ । सोहि कार्यक्रमको उदघाटन पारसले पानसमा बत्ती बालेर सुरुवात गरेका हुन ।

भिडियो रिपोर्ट

 Continue reading

साउने सक्रान्तिको शुभकामना

श्रावण महिनाको पहिलो दिन आज गाउँघरमा लुतो फालेर साउने सक्रान्ति मनाउने गर्दछन । यो लेख लेखिएको बर्ष, सन २०१२मा सक्रान्तिकै दिन सोमबार पनि परेको हुनाले ब्रतालु महिलाहरु शिवको आराधना गर्दै भोकै बसेका थिए। सन २०१५मा यो दिन शुक्रबार परेको छ ।

लुतो फाल्ने

यो महिनामा पानि धेरै पर्ने हुनाले हिलोको कारण चिलाउने रोग लुतोलाइ भगाउन लुतो फाल्ने चलन चलेको हो । कागति, निबुवा, अम्बा, अनार, नासपाति आदि फलफुलहरू चढाएर कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वास गरेर् लुतो फाल्ने चलन् शुरु भएको मानिन्छ ।

तेस्तै, सक्रान्तिको सांझमा कुकुर डाइनो, काग भलायो, कुरिलो, पानिसरो, पुरेनि, गलेनि आदि औषधिजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने आदि बिभिन्न प्रचलन समेत रहिआएको छ। यस्ता प्रचलन ठाउँ अनुसार फरक पनि हुन्छन।

शिवको आराधना

shrwan_mondayश्राबण महिना शिवको आराधाना गर्ने महिनाको रुपमा पनि लिइन्छ । श्राबण महिना भरि आराध्यदेव शिबको मन्दिर पशुपतिमा मेला लाग्छ । बिशेष गरेर महिलाहरुले श्राबण महिनाको सोमबार ब्रत बसेर शिवको आराधना गर्ने गर्दछन ।

अबिबाहित महिलाहरुले योग्य बर पाउँ भनेर ब्रत बस्छन भने बिबाहितहरुले आफ्नो लोग्नेको सुस्वास्थ र दिर्घायुको लागि ब्रत बस्ने चलन छ । यस दिन हरियो रङ्गका लुगा, चुरा र मेहंदि लगाए शिवजि खुशि भइ मनोकांक्षा पुरा हुने पनि विश्वास गरिन्छ । तेस्तै, यो महिना भरि गरिने बोल बम यात्रा पनि शिव भक्तहरु बिच् प्रख्यात छ ।

(सन २०१२मा) यो यस पटक, २०६९को साउन महिनामा पाँचवटा सोमवार परेको हुनाले यस पटकको सोमबारको ब्रतको अझ बाढी महत्व भएको मानिन्छ ।

***
यो लेखलाइ श्राबण १, २०७२मा अपडेट गरिएको हो | ‘सजिलो नेपालि‘ प्रयोगको निम्ति यस लेखका सबै दिर्घलाइ ह्रस्व पनि बनाइएका छन ।

shrawan 1 mehandi

शिवरात्री – एक परिचय र शुभकामना

आज हिन्दु धर्मावलम्बीहरुको महान चाड महाशिवरात्री हो । भगबान शिवको आरधना गरेर मनाइने यस चाडमा शिवमन्दिरहरुमा ठूलो घुइँचो लाग्छ । काठमाण्डौंको  पशुपतिमा भारत लागाएत देशका बिभिन्न स्थानबाट आएका शिवभक्तहरुकोको घुइचो लाग्छ । आज पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई शिवको दर्शन गराउन सजिलो होस् भनेर बिहान साढे ३ बजेदेखि नै पशुपतिनाथको सबै ढोका खुल्ला गरिएका थिए ।

Pashupati

भगबान शिवले पार्बती संग बिबाह गरेको दिन मानिने शिबरारात्री बिशेषत: रातको समयमा मनाइन्छ । फाल्गुण फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइने यस पर्वको दिनमा  शिवजीले ताण्डब नृत्य गर्छन भन्ने पनि बिश्वास पनि गरिन्छ ।

सृष्टिको प्रारंभमा यही दिनको मध्यरारातमा भगवान् शंकर ब्रह्मा बाट शिवको रूपमा अवतरण भएको पनि कथन छ । यस दिनमा आत्मा र परमात्माको मिलन, अथवा शिव र पार्वतीको विवाह भएको दिन पनि मानिन्छ ।

बिकृति

शिवरात्रीमा शिवको आरधनाको साथ साथै शिवको प्रिय लागु पदार्थ गाँजा, भांग, धतुरो आदिको पनि सेबन गर्ने चलन छ । थाहा नदिइ अन्य खाद्य पदार्थमा भांग मिसाएर खुवाउदा लामो समय सम्म त्यसको असर गरेका घटनाहरु पनि सुन्नमा आइ रहन्छन ।

twit_bhang

shivaratri_ganja

कतिपय साधुहरु शिवरात्रिको समयामा गाँजाको ब्यापार गरेर राम्रो आम्दानी गर्ने गरेको पनि पाइन्छ । एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा किनेर खाने युबाहरुको पशुपतीमा बाक्लो उपस्थिति हुन्छ ।  (फोटो – विकिपिडिया, माइसंसार, ट्वीटर स्क्रिनसट)

अन्त्यमा, सबैमा शिवरात्रिको शुभकामना !