चोरीका लेख लेख्ने ‘नागरिक’

निमिष दूबेले ‘इकोनांमिक टाइम्स’ को लागि मे १७ मा लेखेको (नेपालीले जस्तै अन्य सोर्स बाट नचोरेको भए) एक लेख हुबहु उल्था गरेर नेपालको राष्ट्रिय दैनिक ‘नागरिक’ मा छापिएको फेला परेको छ ।  हिन्दी पत्रिकामा छापिएको एक महिना पछि नेपाली पत्रिकामा लेखको नाम र स्रोत समेत उल्लेख नगरी छापिएको देखे पछि ब्लगर दिलीप आचार्यले यो जानकारी फेसबुकमा दिएका थिए।  त्यस पछि के भयो तलको दिलीपजीको कमेन्टले प्रष्ट पार्छ।

dilip_acharya

यस्तै गरेर कपी पेस्ट गरेको आरोपमा कान्तिपुर बाट एक पत्रकार निष्कासित हुनु परेको धेरै समय नहुदै नाम उल्लेक नगरी अरुको लेख सार्ने काम गर्ने नागरिककर्मी माथि कारबाही होला त?

"काठमाडौं, जेठ ३२- " भनेर शुरु गरिएको समाचार जस्तो देखिने लेख हिन्दीबाट हुबहु सारिएको होला भन्ने अनुसन्धान गर्ने दिलीपजीमा साधुबाद !

nagarik_copy_economics_article_from_kathmandu

यस प्रकारको चोरीलाइ ‘प्राबिधिक त्रुटी’ भनिन्छ

हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए  ।

Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3  (ट्विटर)

I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)

ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए

Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)

त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने  स्पटीकरण छापियो :

kantipur_response

यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको  छैन ।

के भएको थियो?

 Continue reading