नेहा पुनको हत्यारा सतिशको बयान, होटलमा बस्न जान नमानेकोले हत्या

अघिल्लो हप्ता हत्या गरिएकि नेहा पुनको हत्यारा सतिश भनेर चिनिने कृतन खड्गि भएको प्रहरिले बताएको छ । प्रहरि रिपोर्ट अनुसार १८ गते राति नेहा र सतिश अन्य साथिहरुसंग मदिरा सेवन गरेर सतिशसंगै मोटरसाइकलमा लेकसाइड हुँदै घर फर्कंदै गर्दा सो घटना भएको उल्लेख छ । दुइजना घर नजिकै पुगे पछि सतिशले घर नगइ कुनै होटेलमा गएर बस्ने प्रस्ताव गरेको र नेहाले नमानेको उल्लेख छ । दुइ जनामा कुरा नमिलेर झगडा परेको र सोहि क्रममा सतिशले हेल्मेटले हान्दा उनको मृत्यु भएको भनिएको छ ।

यस अघि १९ बर्ष भनिएकि भनिएको नेहा पुन भनिने योरुना पुनको उमेर पुलिसको रिपोर्टमा भने १८ बर्ष मात्रै भएको उल्लेख छ ।

सतिशले हत्या गरेको स्विकार गरिसकेको भन्ने प्रहरि रिपोर्टको पुर्ण पाठ सहितको भिडियो  हेर्नुहोस:

 Continue reading

नेहा पुनको सम्झनामा काठमाण्डौं मा प्रार्थना सभा (भिडियो अपडेट)

अपडेट: प्रार्थाना सभाको बारेमा भिडियो :

पोखरामा बलत्कार पछि हत्या गरिएकि अभिनेत्रि र मोडल नेहा पुनको हत्या भएकोमा  नेपालि अभिनेत्रिहरुको पहलमा काठमाण्डौंमा श्रद्धान्जलि भेला आयोजना हुँदै छ  । माइतिघर मण्डलामा आज शनिवार बेलुका ५:३० बजे आयोजना हुने प्रार्थना सभामा नेहाको आत्माको चिर शान्तिको कामनाका साथै हत्याराको छिटो पहिचान गरि कारवाहिको माग पनि गरिने खवर छ । भिडियो रिपोर्ट:

अभिनेत्रिहरु प्रियंका कार्कि, केकि अधिकारि, गौरि मल्ल, रिचा शर्मा, निशा अधिकारि, बर्षा राउत, माल्भिका सुब्बा, शृष्टि श्रेष्ठ, नन्दिता केसि आदि  अभिनेत्रिहरुले फेसबुक, ट्विटर, इन्स्टाग्रामा आदि सोसल मिडियामा नेहाको आत्माको चिर शान्तिको कामना गर्दै उनले न्याय पाउनु पर्ने आशयका मेसेजहरु शेयर गरेका छन् ।

 Continue reading

नेहा मगरको हत्यामा न्याय खोज्दै पोखरेलिहरु सडकमा

आजको भिडियो ब्लग दुखान्त छ । मलाइ दुखान्त कुराहरुको बारेमा चर्चा गर्न त्यति मन लाग्दैन। तेसैले होला, पोखरामा गत सोमवार राति हत्या गरिएकि १९ बर्षिय सुन्दरि नेहा मगरको बारेमा मंगलवार नै जानकारि आएको भए पनि भिडियो तयार गर्न जाँगर चलेन  । यो बिषयमा चर्चा परिचर्चा चल्दै गर्दा मेरा पाठक र श्रोताको लागि यो भिडियो रिपोर्ट तयार गरेको छु ।

यसमा भएका जानकारि हरु निम्न छन्:

  • नेहा पुन को खास नाम योरुना पुन मगर हो, उनले दुइ मगर चलचित्रहरुमा अभिनय गरेकि छिन् भने केहि म्युजिक भिडियोमा पनि अभिनय गरेकि छिन
  • उनले पोखराको न्युरोडस्थित स्माइल क्याफेमा बिहान ७ बजे देखि बेलुका अवेरसम्म काम गर्ने गर्थिन
  • सोमवार राति घर फर्कंदा उनको घरै नजिक उनलाई मारेर फालिएको थियो
  • अर्धनग्न र टाउको पछाडि गहिरो चोट देखिएको ले उनलाइ बलात्कार गरेर मारिएको शंका गरिएको छ
  • येरुनाको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।
  • स्थानियहरुले हत्याराको पहिचान गरि कारबाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन्।
  • तेस्तै पोखराका बिभिन्न स्थानमा स्वतस्फुर्त  र्‍यालि पनि निस्केका छन्
  • त्यसको एक हप्ता अघि पनि ४० बर्षिय सरस्वती लिम्बु तेस्तै टाउको पछाडि गहिरो चोट सहित मृत भेटिएकी थिइन् ।
  • पोखरेलिहरु अशुरक्षित महशुस गरिरहेको समाचारमा उल्लेख छ

फिल्म :
Neha film - Gaula

 Continue reading

ज्ञानेन्द्रको स्वागतको लागि निस्फिक्री खर्च, दलको बिरोध

पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि  राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।

gyanendra_greentin_local_pokhara_visit (5)

पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।

औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।

 Continue reading

ज्ञानेन्द्रको पोखरा भ्रमणका केही झलक

अपडेटअरु फोटोको साथ साथै भ्रमणको खर्च बिबरण यहाँ राखिएको छ ।

कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:

motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)

पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।

Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)

मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:

 Continue reading

सार्दीखोला खारपानी बगाउदै गर्दाको फोटो

बाढीले गरेको बिनाशका अन्य फोटाहरु यहाँ पोस्ट गरिएका थिए।

हिमपहिरोको कारणले सेती नदीमा आएको बाढीले बगाएको खारपानी बजार बग्नु अघाडीको यो फोटोमा सेतीको उर्लदो भेल र मानिसहरु भाग्दै गरेको देखिन्छ ।

अपडेट : राजन श्रेष्ठका अनुसार निम्न फोटो ला-ग्रान्दी कलेजका शिव आचार्यले खिचेका हुन्। आचार्य कलेजका साथीहरु संगै पिकनिक खान गएका थिए । उनीहरु मध्ये दुइजनालाई पनि भेलले बगाएको थियो !  राजन श्रेष्ठले सोही स्थान बाट अर्को फोटो पनि खिचेका छन् दुइ फोटो बीच तुलना गर्न:

flood_pokhara_binash_comparision

kharapani_bazar_and_surrounding_just_before_washed_out

यो फोटो खिचेको केहि क्षणमा नै सबै बगेको हुनाले फोटोमा देखिने सबै जनालाइ (आधिकारिक पुष्टि नभए पनि) बगाएको हुन सक्ने सम्भाबना छ । बाढी पछिको निम्न फोटोले बाढी कति भयंकर थियो भन्ने प्रष्ट हुन्छ ।

kharapani_after_flood

फेसबुकमा फेला परेको निम्न फोटोले बाढीले गरेको बिनाशको राम्रो चित्रण गरेको छ !

flood_compared

दिबंगत हुने सबैको आत्माको चीरशान्तिको कामना !  (फोटो क्रेडिट – बिभिन्न फेसबुकका मित्रहरु)

flood_pokhara_binash_comparision_suspension_bridge

हिमपहिरोले गरेको विनाश (फोटो)

हिमपहिरोले गर्दा सेती नदीमा आएको बाढीले कम्तिमा पनि १४ जनाको ज्यान लिनुका साथै पुल भत्काउनुका साथै जमिनको ब्यापक कटान गरेको छ ।

माछापुच्छेको फेदीमा रहेको माछापुच्छेगाविस वडा नं.– ९, सादलमा आज शनिबार बिहान गएको पहिरोले सेतीनदी थुनिएर पछि फुटदा नदीमा ठूलो बाढी आउनुका साथै ठूलो धनजनको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईका अनुसार सो घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ५० भन्दा बढी बेपत्ता भएको हुन सक्ने प्रहरी प्रतिबेदनका आधारमा मृतकको संख्या अरु बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

सो बाढीका केही फोटाहरु यहाँ पोस्ट गरिने छ :

अपडेट: बाढी हेर्न सर्बसाधारणको भिड

onlookers_seti_flood_in_pokhara_2

onlookers_seti_flood_in_pokhara

vulnerable_pokhara_flash_flood

सेतीनदीमा बाढी आएको र विध्वंस भएको समाचार प्रसारण भए पछि सेती नदि हेर्नका लागि सेती तीरमा ठूलो भिड नै लागेको थियो । पोखराका सिम्पानी, महेन्द्रपुल, पृथ्वीचोक, साँघाको मुख, लगायतका बिभिन्न ठाउँमा ठूलो भीड लागेको थियो।

हिउ पहिरोमा परेको खारापानी बजार अब पुर्ननिर्माण हुनै नसक्ने गरेर बगेको छ । पछिल्लो समयमा खारापानीको तातो पानी कुण्डको कारण खुबै चर्चामा रहेको खारापानी बजार अब इतिहास हुने भएको छ ।

seti_river_flood_snow_avalance_bridge_damaged

seti_river_flood_snow_avalance

हिमपहिरोबाट बाँच्न सफल सार्दीखोला कसेरीका करिब ७४ वर्षीय सन्तबहादुर तामाङ। १५ वटा बाख्रा सेती नदीको तीरमा चराउदै गरेका तामांगका सबै बाख्रा बाढीले बगाए पनि उनी खिर्राको रुखको हाँगामा समातेर बाँच्न सफल भएको बताए।

santa_tamang_saved_himself_flood

सार्दीखोला गाविस–७ स्थित तातोपानीमा आएको हिमपहिरोमा परेका ६० वर्षीय गोपाल ताम्राकारको शब नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा घटनास्थलबाट निकालिदै।

sardikhola_snow_avalance_dead

पोखराको लामाचौरबाट १५ किलोमिटर उत्तरपश्चिममा पर्ने सार्दीखोला गाविस वडा नं. ७ खारपानीमा शनिबार बिहान १० बजे आएको भीषण हिमबाढी पछि पोखरा–१ सिमपानी कसेरीस्थित लालटिन बजारको पुछारबाट बगेकी सेती नदीको बदलिँदो स्वरुप। यो दृष्य इन्जिनियरिङ क्याम्पसको पुछारबाट लिइएको हो।

pokhara_after_flood

यस नेपाली वेबसाइट परिवार पोखरामा आएको भीषण पहिरोमा परेर दिबंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना गर्दछौ। साथै सबै परिवारजनलाई भगवानले यो शोक सहने र धैर्यधारण गर्न सक्ने शक्ति दिउन्।