प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि

नोट : प्रकाश दाहाल दिवंगत भएको एक बर्षको उपलक्षमा उनको एक स्मारिकामा प्रकाशित भएको थियो। यो प्रकाश दाहालको जिवनि सोहि स्मारिकाबाट साभार गरिएको हो। आनन्दको नेपालि अनुरुपको बनाउन यसमा भएका सबै दिर्घलाइ ह्रस्व बनाइएको छ।

(क) बाल्य काल :
साकार दाहाल क. ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाइ १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भिमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सिता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तिन छोरि ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।
हजुरबुवा मुक्तिराम दाहालको परिवार वि.सं. २०१९ सालमा कास्किको ढिकुरपोखरिको लेवाडेबाट बसाइ सरि शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गिय आर्थिक धरातल थियो । चितवनमा भएको अढाइ बिघा जमिनमा कृषि गरेर परिवार पालिन्थ्यो ।
जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालिन चौथों महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भुमिगत राजनितिमा हेलिएका थिए । आर्थिक अवस्था दयनिय थियो । राजनितिक र आर्थिक असुरक्षाका बिच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भुमिगत राजनितिका कारण तिन छोरा र एक छोरा प्रकाशको लालनपालन र शिक्षादिक्षा आमा सिताकै मुख्य जिम्मेवारिमा आयो ।
प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्कि स्वाभावका थिए । आफुलाइ जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति इश्र्या बिल्कुलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वाभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनि उत्सुक भइहाल्थे । त्यहि उत्सुकताका कारण बाल्य कालमा पनि सबैका प्रिय थिए प्रकाश ।
प्रकाश सानैदेखि निकै असल र मिलनसार स्वाभावका थिए । आमा सिता दाहाल भन्छिन्, ‘‘सानैमा असाध्यै असल थियो प्रकाश । ‘नगर बाबु’ भन्नेबित्तिकै सबै कुरा मानिहाल्थ्यो ।’’शिवनगरका उनका दौंतरिभन्दा प्रकाश ज्यादा नै सरल थिए, जोसँग पनि घुलमिल भइहाल्थे । सरल स्वाभाव र आज्ञाकारिता नै सबैले प्रकाशलाइ गर्ने ‘विशेष माया’को मुख्य कारण थियो । भिमसेननगरका आम मान्छेका लागि एक रोमाञ्चक बालक थिए प्रकाश दाहाल ।
 Continue reading

के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?

दुइ बर्ष अघि बनाएको निम्न भिडियोले भर्खर १० लाख भ्यु पाएछ। यो अनौठो संयोग नेकपा माओबादि र नेकपा एमाले बिच एकता संगै मिलेको छ । उक्त भिडियोमा कसरि देशको अवस्था जति बिग्रे पनि हाम्रा नेताहरुले आर्थिक अवस्था भने सप्रिरहेको छ भन्ने देखिन्छ । यो भिडियो रिपोर्ट मा देशका शिर्ष नेताहरु कस्तो घरमा बस्छन भन्ने विवरण समावेश गरिएको छ।

केहि समय पहिले मैले प्रचण्डको नयाँ घरको बारेमा पनि भिडियो रिपोर्ट बनाएको थिएँ यहाँ हेर्नुहोस - 

त्यो बेलामा प्रचण्ड र बाबुराम पार्टी निर्णय अनुसार भाडाको घरमा बस्थे। अब त माओबादि पार्टि पनि एमालेमा बिलय भएको छ। के प्रचण्डले अब भर्खर सरेको नयाँ बास्स्थान भाडाको नभएर आँफ्नै हो भन्लान त? 
 Continue reading

फुटबल खेलाडिलाइ पुरस्कार – मुखले मात्रै, अघिल्ला दुइ पुरस्कार पनि पाएका छैनन

मलेसियामा सम्पन्न एएफसि सोलिडारिटि कप फाइनलमा विजयि नेपालि फुटबल खेलाडिलाइ बिहिबार प्रधानमन्त्रि प्रचण्डले बालुवाटारमा सम्मान गर्नुका साथै रु ३ तिन लाख नगद पुरस्कार पनि दिने घोषणा पनि गरे। अव प्रश्न उठेको छ के ति खेलाडिले त्यो तिन लाख पाउलान त ?

बिगत २०/२१ वर्ष सम्म एउटा पनि ठुला पदक जित्न नसकेको नेपालि फुटबलटिमले यो एक बर्षमा तिन वटा ठुला पदक हात पारेको छ । नेपालि खेलाडिको यस्तो सफलताले हौसिएको नेपाल सरकारले यसरि तीनवटा उपाधि जित्दा तीनै पटक आकर्षक पुरस्कार पनि घोषणा गरिएको थियो । तर, सो नगद पुरस्कार भने अहिले सम्म पनि खेलाडिको हात पर्न सकेको छैन ।

  • फागुनमा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको उपाधि जित्दा सरकारले जनही दुइ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।
  • भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जित्दा पनि सरकारले प्रत्येक खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
  • अहिले मलेसियामा सम्पन्न एएफसि सोलिडारिटि कप जितेपछि प्रधानमन्त्रिले तीन-तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन ।

दुखको कुरा, यो रकम खेलाडिले कहिलेसम्म प्राप्त गर्छन् भन्ने कुरा सरकारलाइ नै थाहा छैन रे । युवा तथा खेलकुदमन्त्रि श्रिपाइलि भन्छन, मनपरि र कुनै मापदण्ड बिना नै घोषणा गरिने यस्ता पुरस्कार दिने प्रक्रियामा नै समस्या देखिएको छ । नेताहरुलाइ करोडौं उपचार खर्च दिन प्रक्रियामा कुनै समस्या नहुने खेलाडिलाइ पुरस्कार दिन समस्या हुने यो कस्तो बिडम्बना हो ?

प्रधानमन्त्रिले भाषण गरे, “२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठुला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठुला ३ पदक जितेको छ । नेपालको विजयि सुरुवात भइसकेको छ । यो जितले नेपालको गौरव बढाएको छ, नेपालीहरुको मनोबल उच्च भएको छ।”

अन्नपुर्णमा प्रकासित समाचार अनुसार मन्त्रि श्रिपाइलिले यो पटक भने, “सल्लाह र योजनाअनुसार नै पुरस्कार रकम घोषणा गरेका हौं । अहिलेको पुरस्कार तत्काल दिने तयारिमा छौं । पहिलाको रकमका बारेमा पनि म सकभर पहल गर्नेछु” भनेका छन । यि तिनैपटक राष्ट्रिय फुटबल टोलिको व्यवस्थापक रहेका एन्फाका कोषाध्यक्ष विराटजंग शाहिले पनि पुरस्कार रकमका बारेमा पहिलेको सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सम्भव नभएको गुनासो गरेका छन ।

आशा गरौं, धनढ्य सुजाता कोइरालाइ समेत पचासौंलाख बाँड्ने अहिलेको दानि सरकारले खेलाडिको दुइ/चार लाख पुरस्कार दिन ढिलो नगर्ला।

के प्रचण्डलाइ इस्कुस मन पर्न थालेकै हो त ? (छठ मनाउने प्रसंगमा)

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले छठ पर्व मनाएको समाचारले मलाइ अचम्म लागेको छ । प्रचण्डले यो धार्मिक चाड्मा समावेश भएर मुर्तिपुजा गरिरहेको फोटो देखेर मलाइ अनौठो लाग्नुको मुख्य कारण हो उनले दशैं र तिहारलाइ धार्मिक चाड भनेर नमनाउनु ।

दशैं तिहार धार्मिक भन्दा पनि सांस्क्रितिक पर्व भै सकेको तर्क गर्नेले अमेरिकि राजदुतले दशैंको टिका लगाएको उदाहरण पनि प्रस्तुत गरेका थिए । अमेरिकि राजदुतले टिका लगाउँदा प्रधानमन्त्रिले बहुशंख्यक नेपालिले मनाउने दशैं नमनाएको घोषणा गर्नु अचम्म लाग्दो कुरा त थियो नै तर उनको ब्यक्तिगत कुरो भनेर मैले त्यो बेलामा यो बारेमा चर्चा गर्नु आबश्यक ठानिन ।

केहि दिन अघि प्रचण्डले सोहि तर्कका साथ तिहार पनि मनाएनन । समाचारमा अमेरिकि राष्ट्रपति सपरिवार दिपावलिको कार्यक्रममा सहभागि भएको समाचार पनि आएका थिए। तर, त्यो बेला पनि मलाइ चर्चा गरिरहन आबश्यक लागेन ।

तर, तिनै ब्यक्ति छठमा सामेल हुँदा पुर्ण रुपमा धार्मिक ब्यक्ति भएको देख्दा चाँहि मलाइ अचम्म लागेको छ ।

https://www.youtube.com/watch?v=dbvmx5GG9OA

यसै संधर्वमा प्रचण्डको छठमा आरधना पछि सामाजिक संजाल ट्विटरमा देखिएको ब्यंग्य मलाइ चित्त बुझ्दो लाग्यो । के प्रचण्डको भारतसित लभ परेकै हो त ?

us-ambassador-to-nepal-dashain-tihar

प्रचण्ड प्रेम – केपि ओलिको शब्दमा

काठमाडौंको एक कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलिले वर्तमान प्रधानमन्त्रि पुष्प कमल दाहालको द्वेध चरित्र भएको बताएका छन । आलंकारिक रुपमा उनले जता गयो तेतै लभ पर्यो भन्ने गरेका केपिले बताएका थिए ।

ओलिले कहिले मधेशमा गरेर मधेशलाइ लभ पर्‍यो भन्ने कहिले भारतमा गएर भारतलाइ लभ पर्‍यो भन्ने गरेको बताएका थिए । उनले थपे, केहि समय अगाडि उनि आफैंलाइ पनि लभ पर्‍यो भन्दा विश्वास गरेकाले पछि धोका पाएको भनाइ पनि थपे ।
 Continue reading

५ प्रचण्ड चुनौति

नेपालको ३९औं प्रधानमन्त्रि माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए संगै उनले धेरै चुनौतिका सामना गर्नु पर्नेछ । प्रजातन्त्र आए देखि कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न् नसकेको यो अबस्तामा प्रचण्डको कार्यकाल पनि संधै धुकचुक धुकचुक भइ रहने निश्चित नै छ । यस बिच मैले मलाइ लागेका उनका मुख्य मुख्य पाँच चुनौतिहरु भिडियोको रुपमा प्रश्तुत गरेको छु :

 Continue reading

हिंसाका पुजारि प्रचण्डले शान्तिका दुत बुद्धको बारेमा के भने?

यहि जेठ ८ गते लुम्बिनिमा आयोजना भएको बुद्ध जयन्ति समारोहमा करिव १५,००० को ज्यान जाने युद्धका सर्बोच्च कमाण्डर पुष्पकमल दहाल प्रचण्डले शान्तिका दुत बुद्ध को बारेमा गरेको चर्चा चाखलाग्दो थियो । वाक चातुर्यका कारण चर्चित प्रचण्डले हिँसा र शान्तिलाइ कसरि मिलाए त, सुन्नुहोस निम्न भिडियोमा:

https://www.youtube.com/watch?v=Z-Jisj1UUAw

 Continue reading

प्रचण्ड बाबुराम विरुद्ध जाइलाग्नुका ३ कारण

हालै नेकपा माओवादिका अध्यक्ष प्रचण्डले पुर्वमाओवादि एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइलाइ देशद्रोहि, बुद्धि नभएको, करिश्मासित पोइल गएको आदि अनेक आरोप लगाएका थिए । गत दशैँताका पार्टि छोडेका बाबुरामले हालै नयाँ पार्टि गठन प्रक्रिया शुरु गरेपछि प्रचण्डका यि भनाइहरु आएका हुन  । प्रचण्डले यसरि रिस देखाउनुका कारणहरु के होलान भनेर विश्लेषण निम्न भिडियो रिपोर्टमा गरिएको छ :

प्रचण्डले भट्टराइसँग बिगत ३० बर्षदेखि राजनितिक सहयात्रा गरेका थिए । पार्टि केहि समय अघि भन्दा कमजोर भएको बेलामा एक्कासि पार्टि छोडेकोमा  प्रचण्डलाइ रिस उठ्नु स्वाभाविक नै भए पनि उनको रिसका मुख्य कारण चाहि पार्टि कार्यकर्ता पलायन हो भन्ने बुझ्न सकिन्छ।

baburam stealing party workers

बाबुराम बुढेसकालमा पोइला गए, देशद्रोह गरे रे, प्रचण्डले भनेको

बाबुराम भट्टराइले एकिकृत माओवादि पार्टि छोडेको रिस प्रचण्डले विभिन्न उपमाहरु दिएर पोखेका छन यहि सोमवार भएको पार्टिको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा । प्रचण्डको सम्बोधनमा समावेस केहि मुद्दाहरु निम्न छन् :

  • बाबुराम भट्टराइले गठन गर्न लागेको नयाँ शक्ति पार्टिमा करिश्मालाइ समावेश गरेको कुरालाइ उनले प्रचण्डले करिश्मालाइ मनपराउने भनेर हल्ला चलाएको पुरानो कुरासंग जोडेर चर्चा गरे
  • उनले “यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला?” भनेर प्रश्न पनि गरे
  • बाबुरामले कम्युनिष्ट सिद्धान्तलाइ छोडेकोमा दुख ब्यक्त गरे
  • उनले भने “कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्।”

 Continue reading

प्रचण्डपुत्र प्रकाशकि दोश्रि पत्नि सिर्जना त्रिपाठिको गुनासो

एक अनलाइन पत्रिका, मलाय नेपालका अनुसार प्रचण्डकि बुहारि सिर्जना त्रिपाठिले आफुलाइ अन्याय भएको बताएकि छिन । नेकपा माओवदीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको छोरा प्रकाश दाहालकि श्रिमति सिर्जना उनिहरुको नाबालक छोरासंग हाल पोखरास्थित आफ्नो माइतीघरमा बस्दै आएकि छिन ।

अडियो रिपोर्ट:

२०६४ साल माघ ३ गते प्रकाशसँग बिहे गरेर छोरा पाएकि सिर्जनाको बिहे भने दर्ता नै गरिएको थिएन । उनि १७/१८ वर्षको उमेरकि हुँदा प्रकाश आफैँले मन पराएर उनलाइ माग्न भनेर उनको घरमा आएको स्मरण गर्दै सिर्जना भन्छिन, “तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा मम्मीले जबरजस्ती विवाह गराइदिएको भनेर अन्तर्वार्ता पनि दिएका रहेछन्।”

sirjana tripathi and son

बिना संग बस्न थालेका प्रकाशले सिर्जनासँग सम्बन्धविच्छेद मागिरहेको तर उनि सजिलै सम्बन्विच्छेद नगर्ने अडानमा रहेको बुझ्न सकिन्छ । पोखरामै स्नातकोत्तर अध्ययन गरिरहेकि सिर्जना पहिला पढाइ सके पछि मात्रै त्यो बारेमा सोच्ने मनस्थिति बनाएकि छिन ।

 Continue reading