हरिबंश आचार्य बर्षगांठको शुभकामना

गतसाल आजैको दिन प्रख्यात अभिनेता हरिबंश आचार्य बैबाहिक जीवनमा बांधिनुभएको हो ।

haribhansh and madankrishna family potrait

मिरा आचार्यको अकल्पनिय निधनपश्चात अत्यन्तै डिस्प्रेस्ड जीवन बिताउनुभएका हरिबंश त्यो डेढ बर्षको समयमा कुनै पनि काम गर्न सक्नुभएन । रमिला पाठक संगको बैबाहिक जीवन पछि भने गत एक बर्षमा हरिबंशको अनुहार र जीवनशैलीमा निकै ठूलो परिवर्तन आएको देखिएको छ । यो एक बर्षमा उहांले एउटा चलचित्रको स्कृप्ट लेख्नुभयो,  ४-५ वटा टेलिसिरियलमा अभिनय गर्नुभयो जुना चाँडै नै प्रसारण पनि हुंदैछन, संदेशमुलक बिज्ञापनहरुमा पनि अभिनय गर्नुभयो, लोकप्रिय जीवनकथा "चिना हराएको मान्छे" प्रकाशित गर्नु भयो जसले नेपाली किताबको बिक्रीमा नयाँ रेकर्ड कायम् गरेको छ ।

 Continue reading

हरिबंश आचार्यको जीवनी प्रकाशित हुँदै

मह समुहका हाँस्य कलाकार हरिबंश आचार्यले आफ्नो जीवनभर घटेका घटनाहरुको संग्रह गरेर एउटा पुस्तक तयार गर्ने भएका छन् । "चिना हराएको मान्छे" शिर्षकमा प्रकाशित हुने सो पुस्तकको बारेमा जानकारी दिनको निम्ति यही विहीवार एक कार्यक्रममा आयोजना गरिएको थियो । आफ्नी पत्नी मीरा आचार्यको असामयिक मृय्तुको पीडा कम गर्न आफ्नै जीवनी लेख्न थालेको बताउदै हरिबंशले बाल्यकालको रमाइलो देखि जीवन संघर्ष र दोश्रो बिबाह पछिका घटना पनि समेटिएको बताए।

haribansha announcing his book

मिरा आचार्यको २०६८ साल बैशाख ७ गते निधन भएको थियो भने सो घटनाको एक बर्ष नपुग्दै हरिबंशले रमिला पाठक संग बिबाह गरेका थिए।

हरिबंश आचार्य र रमिला पाठकलाइ नयाँ दामपत्य जीवनको शुभकामना

करीब डेढ बर्ष पहिले आफ्नी जीवनसंगिनी मिरा आचार्यको अचानक निधन भएपछि एक्लो भएका हरिबंश आचार्यले रमिला पाठकलाइ नयाँ जीबनसंगिनी बनाएका छन् । मिरा आचार्यको शोकमा बिक्षिप्त भएका हरिबंशलाइ उनका सबै सुभेच्छुकहरुले चाडै अर्को बिहे गर्न सुझाब दिएका थिए ।  हास्यकला र समाजसेबामा सक्रिय रहेका हरिबंश, मिराको मृतु पछि एकाएक सार्बजनिक जीवन बाट अलग्गिएका थिए । यस विवाह पछि उनी फेरी पहिले जस्तै सक्रिय हुन्छन होला भनेर सबैले अपेक्षा गरेका छन् ।

haribansha_ramila_marriage_2

हरिबंशका छोराहरु त्रिलोक आचार्य र मोहित आचार्य लागायतको सुझाबमा हरिबंशले आफू भन्दा १० बर्ष कम उमेरकी बिधवा रमिला पाठकसँग बिबाह गर्न राजी भएका हुन । एक छोराकी आमा रमिलाले आफ्नो श्रीमानको १० बर्ष अघि एक दुर्घटनामा निधन भए पछि बिधवा जीबन बिताइरहेकी थिइन ।  (अंग्रेजीमा)

haribansha_ramila_marriage

यस नेपाली वेबसाइटका तर्फबाट हरिबंश र रमिलालाइ सुखद दाम्पत्य जीवनको शुभकामना !

(फोटो क्रेडिट – कसमस विश्वकर्मा र फेसबुक)