दशैं सकियो, तिहार आएकै छैन । यस्तो बेलामा केहि काम हुँदैन । बच्चा बेला देखि नै तेस्तै हो । स्कुल पढ्दा दशैं सकिनु र तिहार नआइन्जेलको भनेको भयंकर टर्चरको समय हुन्थ्यो । टन्न होमओर्क गर्न बाँकि हुन्थ्यो, गर्न मन नलाग्ने । अनि, केहि गर्दा पनि रमाइलो नलाग्ने । कता कता होमओर्कले थिचि रहे पनि बसेर पढ्न, लेख्न जांगर् कहिल्यै लागेन । बसिहाल्यो भने पनि दशैंको सम्झना र तिहारमा के गर्ने भन्ने योजना बुन्दैमा समय बित्ने ।
अहिले होमओर्क छैन, तै पनि, अंग्रेजि सिक्दा के पो बिग्रला र । लौ हेरौं, हाम्रा चेलिबेटि सेल-ब्रेटिहरुबाट कस्तो अंग्रेजि सिक्न सकिने रहेछ। प्यार प्यारे को प्यार प्यार सुनौं ।
यो हास्य भिडियोमा अभिनेत्रिहरु रेखा थापा, करिश्मा मानन्धर देखि जुइनो लेखिका, बिनिता बराल सम्मले अंग्रेजि सिएकाएका छन । अरु चेलिबेटिहरु छन – अर्चना पनेरु, जिया केसि, आना शर्मा, जिया केसि, जेनिशा केसि आदि ।
गत शनिबार, जेष्ठ १ गते, सैनिक मञ्च टुडिँखेलमा सैनिक श्रिमति संघको आयोजनमा भुकम्पपिडितको सहयोगार्थ एक च्यारिटी शो कार्यक्रम सफलता पुर्वक सम्पन्न भए लगत्तै सो कार्यक्रमसंग जोडिएका विभिन्न विषयहरु विवादित भएका छन । बिवादका बिषय निम्न छन:
१. भारतिय नायिका सोनाक्षि सिन्हालाइ स्वागत गर्न सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा उपस्थित भएको घटना
२. सैनिक मञ्चमा नायिकाहरुलाइ नचाएर यसको दुरुपयोग गरेको
३. प्रहरिले सुरक्षा दिए हुने कन्सर्टमा सैनिक सुरक्षा दिएको
सैनिक जर्नेलले स्वागत गरेको बिषयमा जन गुनासोको लागि खडा गरिएको “हेलो सरकार” मार्फत उजुरि परेपछि रक्षा मन्त्रालयसँग सेनाको दुरुपयोग भएको बारेमा स्पष्टिकरण मागिएको थियो । यो बिषयमा एक अनलाइन संग कुरा गर्दै सैनिक प्रवक्ता सहायक रथि ताराबहादुर कर्किले सैनिक मञ्च सबै हिसाबले सेन्टरमा भएको र अन्य ठाउँभन्दा धेरै भिड पनि थेग्न सक्ने भएर प्रयोग गरेको बताएका छन ।
सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा हिरोइनलाई स्वागत गर्न नगएको बताउँदै प्रवक्ताले शाहको कार्यक्षेत्र विमानस्थल नै भएको र सेनाले बोलाएको पाहुना आउन लागेको हुनाले उनि त्यहाँ हुनु संयोग मात्रै भएको बताएका छन ।
साथै, सो कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको, सेनासँगै जोडिएको एउटा संघले आयोजना गरेको हुनाले पनि सैनिक मञ्च प्रयोग हुनु स्वभाविक भएको प्रवक्ता कार्कीले बताएका छन् । उनले सो प्रयोग सेनाले आफ्नो कार्यविधिमा नै रहेर मञ्चको प्रयोग गरेको बताएका छन् । उनले, हिरोइन नाच्दैमा दुरुपयोग भएको भन्न मिल्दैन पनि भनेका छन् ।
यो बिषयमा रक्षा मन्त्रालयको पनि चासो दिएर अनुसन्धान गरिरहेको छ ।
तेस्तै, नेपालि अभिनेता राजेश हमालले प्रश्न उठाएको बारेमा निम्न भिडियोमा चर्चा गरिएको छ :
सिने क्षेत्रमा राम्रो काम गरेर चर्चित हुनु भन्दा पनि नराम्रो काम गरेर चर्चामा आउन सजिलो मानिन्छ । फिल्मको प्रचारको लागि होस वा आफ्नै लोकप्रियताको लागि बिभिन्न स्टन्ट वा प्रचारबाजि गरेर चर्चित हुने चलन बढेको छ फिल्मि दुनियामा । कतिपय कलाकारले चर्चा चाहेर गर्छन भने कतिपय बिभिन्न स्क्यान्डलका कारण आफै चर्चित पनि हुन्छन । हुन पनि फिल्मि ब्रितमा “बरु बदनाम हुनु तर गुमनाम नहुनु” भन्ने मन्त्र जपेर सस्तो प्रचारबाजि गरेर क्षणिक चर्चा पाउनेमा बिभिन्न अभिनेता र अभिनेत्रिहरु छन् । आज म चर्चा गर्दै छु सबै भन्दा बढि चर्चामा आएका ५ अभिनेत्रिहरुको ।
भिडियो रिपोर्ट
१. रेखा थापा
रेखा थापालाइ ‘स्क्यान्डल क्विन’ नै भन्ने गरिन्छ । शुरुमा चर्चित हुँनकै लागि छोटा लुगा लगाउने रेखालाइ जिस्क्याएर देखा थापा पनि भनिन्थ्यो । उमेरले परिपक्व भए पछि भने आजकाल उनले छोटा लुगामा भन्दा पनि अन्य कुराबाट चर्चित हुने बहाना गरिरहन्छिन । उनका चर्चित स्क्यान्डलहरुमा छविराज ओझासंगको विवाह र सम्बन्ध बिक्षेद, सुदर्शन गौतमसंगको अफेयर, प्रचण्डसंगको नाच, संबिधानसभामा उमेदवारि र भोटरलिस्टमा नाम नभएकोले छोडनु परेको, फिल्म शुटिंग हुँदा हुँदै निर्देशकलाइ निकालेर आँफै निर्देशन सम्हालेको, पत्रकारलाइ कुटेको, राउटेका बच्चालाइ पालेको, कार्यक्रमहरुमा जान्छु भनेर अन्तिम समयमा नगएको, प्राय सबै जस्तो अभिनेताहरुसंग झगडा आदि अनगिन्ति प्रसंगहरुले रेखालाइ चर्चित बनाइ रहे ।
२ नम्रता श्रेष्ठ
नेपालि अभिनेत्रि नम्रता श्रेष्ठ पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनको दोश्रो फिल्म “मेरो एउटा साथी छ” रिलिज ताका डिजे तान्त्रिक संगको सेक्स भिडियोले चर्चित बनाएको नम्रताको रेमनदास श्रेष्ठ र प्रेम घले संगको रोमान्सको चर्चा पनि लामो समय चलेको थियो । अहिले उनि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण चर्चित छिन । आजकाल नम्रता र दावा प्राय: सबैजसो सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । राम्रो अभिनय क्षमता भएकि नम्रताको पहिलो निर्माण ‘सोल सिस्टर’ भने फ्लप भएको थियो ।
रेखा थापाले पैसा खाएको र कार्यक्रममा उपस्थित नभएको बारेमा भएको बिबाद सुल्झिएको छ । उजुरि गर्ने प्रकास पुरिले फेसबुकमा एक पोस्ट लेख्दै रेखाको मानहानि भएकोमा क्षमा मागेका छन्। उनले फेसबुकमा लेख्दै बनेका छन् “गत कातिक २१ गते खोटाङ जिल्लामा आयोजित कार्यक्रम ‘नमस्ते खोटाङ’मा नायिका रेखा थापा आउनुहुन्छ भनेर प्रचार प्रसार गरिए पनि विविध कारण आयोजक सदस्यको रुपमा मैले उहाँलाई कार्यक्रममा उपस्थित गराउन सकिनँ । जसको कारण आयोजक सस्था र व्यक्तिगत रुपमा म माथि अविश्वसनियता र बिरोध उत्पन्न भएकोमा म यो स्पष्ट पार्न चाहन्छु कि रेखा दिदिले लिखित करार नभएसम्म आउँदिन भन्ने प्रोफेसनल अडान लिनु भएको थियो ।”
उनले करार नभए पनि प्रोमोमा बोलिदिन आग्रह गरेको र उनले प्रोमोमा बोलिदिए पनि “विविध कारण करार हुन सकेन” भनेका छन्। उनले करार हुन नसकेको कारण भने उल्लेख गरेका छैनन ।
कार्यक्रममा उपस्थित हुन राजि भएर अग्रिम पैसा समेत लिए पनि कार्यक्रममा भने नआएको भन्दै अभिनेत्री रेखा थापा विरुद्ध ठगीको उजुरी परेको छ । खोटांगको सगरमाथा जनसेवा समाज अर्खौले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा रेखा थापा आउने निश्चित गरेर सोहि अनुरुप तयारि भए पनि उनि सो कार्यक्रममा उपस्थित नै नभएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी गरेको हो ।
भिडियो रिपोर्ट:
गत कात्तिक २१ गते खोटाङ सदरमुकाम दिक्तेलमा “नमस्ते खोटाङ” सांगीतिक कार्यक्रममा सम्पन्न भएको थियो । सो कार्यक्रममा अभिनेत्रि थापा पनि अतिथि हुने कार्यक्रम थियो र सो बापत आयोजकले एक लाख रुपैयाँ अग्रिम दिएका हुन । तर, रेखाले पैसा बुझेपनि कार्यक्रममा भने नआएको र बारम्बार सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआए पछि उनि बिरुद्ध उजुरी गर्नु परेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अगाबै रेखाले एक बिग्यापन भिडियो मार्फत पनि आफु सो कार्यक्रममा उपस्थित हुने बताउँदै सबैलाइ आउन निम्तो पनि दिएकि थिइन ।
आयोजक संस्थाले उपलब्ध गराएको एक निक्षेप जम्मा रसिद अनुसार सिदार्थ बैंकको कमलादि काठमाडौं शाखामा कात्तिक २० गते अभिनेत्री थापाको खातामा रकम जम्मा गरिएको थियो । उनले कार्यक्रम सुरु हुने समय सम्ममा आउँछु भने पनि अन्तिम समय मा भने रेखा सम्पर्क बिहिन भएको आरोप लगाइएको छ । कार्यक्रममा नआएकि रेखाले अहिलेसम्म पनि रकम फिर्ता नगरेपछि उजुरि गर्नु परेको समाजका अध्यक्ष प्रकाश पुरीले बताउनुभयो ।
अभिनेत्री पूजना प्रधान निर्माण गरेको फिल्म ‘चलकेट’ मंसिर १८ गतेबाट रिलिज हुँदै छ । हट छवि बनाएकि अभिनेत्रि पुजनाले यहि फिल्म मार्फत निर्मात्री बनेकि हुन । तेस्तै अर्कि अभिनेत्रि, करिश्मा मानन्धरको फिल्म “फागु” पनि चाँडै रिलिज हुंदै छ । अभिनेत्रिहरु निर्मात्रि बन्नु कुनै नयाँ कुरा भने होइन । धेरै अभिनेत्रिहरुले फिल्म निर्माण गरेका छन् तर, फिल्म निर्माण गरेर सफल हुने अभिनेत्रिहरु भने धेरै कम छन । आज म को को अभिनेत्रिहरु फिल्म निर्माणमा सफल भएका छन भनेर चर्चा गर्दैछु ।
सफल निर्मात्रिहरुको नाम लिंदा अभिनेत्रि रेखा थापा र झरना थापा को नाम सबै भन्दा पहिला आँउछ भने अन्य अभिनेत्रिहरु भने प्राय: असफल नै भएका छन् ।
भिडियो रिपोर्ट :
रेखा थापा
रेखा थापाको नाममा रेखा फिल्म्स दर्ता गरेर् उनका पुर्वपति छबिराज ओझाले धेरै सफल चलचित्र निर्माण गरेका थिए । छबि र रेखा छुट्टिए पछि सो ब्यानर रेखाले लगिन र “कालि”, “हिम्मतवालि” जस्ता सफल फिल्म निर्माण गरिन । तेसैले रेखालाइ सफल निर्मात्रि भन्न सकिन्छ ।
झरना थापा
झरना थापाका श्रिमान सुनिल कुमार थापा पनि सफल निर्माताको रुपमा परिचित छन् । उनको पहिलो फिल्म “धर्म संकट” को सफलता पछि निर्माण भएका “गोर्खालि”, “ए मेरो हजुर” र “तकदिर” सफल फिल्म भए । उनको फिल्म “फेसबुक” भने त्यति सफल हुन सकेको थिएन।
सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।
भिडियो रिपोर्ट तयार हुँदै छ :
निशा अधिकारी
अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।
नेपाली सिने क्षेत्रमा जम्नको लागि अभिनेत्रिहरुले अभिनय र नृत्य गर्न जान्नु पर्ने पहिलो शर्त हो । त्यस्को साथ साथै अन्य कलाका बिधामा पनि पारंगत हुनु राम्रो मानिन्छ । तेसैले होला प्राय: अभिनेत्रिहरु गाउन पनि थालेका छन । गाउने रहर भएका यि अभिनेत्रिहरु माध्ये केहिले त गिति गाएर म्युजिक भिडियो पनि बनाएका छन् । आज हामि तेस्तै अभिनेत्रिहरुको चर्चा गर्ने छौं जस्ले गायक भएर गित वा अल्बम नै रिलिज गरिसकेका छन् । आज हामि अभिनेत्रिहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा, र निरुता सिंह गायकिय क्षमताको चर्चा गर्नेछौं ।
भिडियो रिपोर्ट
रेखा थापा
अभिनेत्रि रेखा थापा नेपालि फिल्म क्षेत्रमा एक नंबर अभिनेत्रिको रुपमा लामो समय सम्म राज गरेकि अभिनेत्रि हुन । उनले “समिक्षा” नाम गरेको एक एल्बमको “जिन्दगीको लामो यात्रा ..” बोलको एउटा गितमा आवाज दिएकि छिन् । उक्त गितमा रेखालाइ नृत्य निर्देशक शकंर बिसीले साथ दिएका छन्। त्यसको साथै उनले “अजम्बरि नाता”को एउटा गितमा पनि आवाज् दिएकि थिइन ।
रेखाले अन्तर्वार्ताहरुमा आफ्ना फिल्मका गितहरु पनि आफ्नो स्वरमा गाएर सुनाउने गरेकि छिन।
प्रियंका कार्की
उत्क्रिष्ट अभिनय गर्ने अभिनेत्रिको रुपमा परिचित प्रियंका कार्कीले पनि हालै एक गित को म्युजिक भिडियो रिलिज गरेकि छिन् । बच्चु कैलाशको सदाबहार गित “तिमीले त हैन…” बोलको गितलाइ उनले गाएको गितले राम्रै रेस्पोन्स पाएको छ । प्रियंका अभिनेत्रि बन्नु भन्दा पहिले, स्कुले जिवनमा, नृत्य का साथ साथै गित पनि गाउने गर्थिन रे। तर एसएलसि दिए पछि उनले अभिनयलाइ नै पहिलो प्रथमिकतामा राखेर अघि बढिन । अव्, उनले आफ्नो गायनलाइ पनि संगै लिएर जाने सोच लिएको बुझ्न सकिन्छ ।
नम्रता श्रेष्ठ
नेपालि सिने क्षेत्रकि अर्कि उत्क्रिष्ट अभिनेत्री नम्रता श्रेष्ठले पनि गायिका हुने रहर गरेकि छिन् । उनले आँफैले निर्माण गरेको पहिलो चलचित्र “सोल सिस्टर”को एउटा गित गाएउनुको साथै कन्सर्ट्मा लाइभ पनि गाएकि थिइन ।
निरुता सिंह
आजकाल नाम त्यति नसुनिने अभिनेत्रि निरुता सिंह आफ्नो जमानाकि माथिल्लो दर्जाकि अभिनेत्रि हुन । केहि वर्ष अघि त्निरुताले गाएको गित चर्चित भएको थियो । अरु अभिनेत्रिहरु जस्तै अभिनयमा सफल भए पछि निरुताले पनि गित गाएकि थिइन । उनले गाएको “छाडि जाने मायालुलाई …” बोलको गितमा उषा खड्गि ले अभिनय गरेकि छिन ।
अनु शाह
अर्कि उदियमान अभिनेत्रि अनु शाहले पनि मोडलिङ, अभिनय हुँदै गायिका हुने पनि जमर्को गरेकि छिन । संगितकार चेतन सापकोटाको सहयोगमा अनुले चलचित्र “सकस”को लागि एउटा गित गाएकी छिन् । “खुशि नै छ खुशि …” बोलको उक्त गित भने अहिले सम्म बजारमा आइ नसकेको हुनाले अनुको आवाज कस्तो छ भन्न नसकिने अबस्था छ ।
अभिनेत्रि रेखा थापाले आफ्नो रेखा फिल्म्सबाट निर्माण हुने कुनै पनि चलचित्र नेपालमा आयोजना हुने अवार्ड कार्यक्रममा भाग नलिने घोषणा गरेकि छिन्। स्मरण रहोस हालै सार्बजनिक गरिएको एनएफडिसि अवार्डमा रेखाको कुनै नोमिनेसन परेको छैन भने नेफ्टा अवार्डमा पनि उनको कुनै नोमिनेसन छैन ।
अवार्डमा भाग नलिनुको कारण उल्लेख गर्दै रेखाले भनेकि छिन्, “नेपालमा चिनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मुल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाइ प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।”
उनले सिनेमा जगतमा हुने अवार्ड कार्यक्रमहरुले कलाकारहरुलाइ ठुलै मनोबल प्रदान गर्ने भए पनि नेपालमा भने यस्तो अवार्ड निष्पक्ष नहुने हुनाले अवार्डको औचित्य नभएको बताएकि छिन् ।
उनले भनेकि छिन्, “वर्षका सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तबरले अवार्ड बितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राबिधिकको अपमान गरेको हुन्छ।”
यिनै कारण देखाउदै अभिनेत्रि र निर्माता रेखा थापाले सबै खालका “कोठे अवार्डहरुको बहिस्कार” गर्ने बताएकि छिन्। साथै उनले अवार्ड वितरक सस्थाहरुलाई पनि कामको आधारमा मात्र अवार्ड बितरण गर्न अनुरोध गरेकि छिन्।
रेखा थप्छिन, “मेरो सुभचिन्तक तथा प्रशंसकहरुको लागि रेखा फिल्म्सले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपालि दर्शकबाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बबिश्वास राख्दछ।”
नोट – यो लेखमा ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।
अभिनेत्रि निशा अधिकारि सुटुक्क अमेरिकातर्फ लागेको खबर बाहिरिने बित्तिकै अर्कि अभिनेत्रि, नन्दिता केसि पनि अमेरिका जाने भएकि छिन् । हालै अमेरिकाको भिषा लागे पछि नन्दिता दुइ महिनाको लागि भनेर अमेरिका जाने भएकि हुन । नन्दितालाइ अमेरिकाले दिएको मल्टिपल भिसा उनले दोश्रो प्रयासमा प्राप्त गरेको बताइएको छ।
भिडियो समाचार:
जुनको अन्तिममा अमेरिकामा पुगेर त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेकि नन्दिताको अमेरिका बसाइ दुइ महिना मात्र हुन्छ कि सो भन्दा बढि हुन्छ भन्न सजिलो छैन । किनकि, सपनाको देश पनि भनिने अमेरिका जान नेपाली कलाकारका मरिहत्य नै गर्दछन । अमेरिका जानु भनेको अभिनय करिअरकै सवैभन्दा ठूलो कार्य जस्तो ठान्ने नेपालि कलाकारहरु धेरै छन । धेरै कलाकारहरु अमेरिका पुगे पछि त्यहिको ग्रिन कार्डको लागि निबेदन दिएर बस्ने गरेका धेरै उदाहरणहरु छन्। Continue reading