ऋषि धमलाको पार्टिमा पुर्वप्रधानमन्त्रि, सभामुखदेखि सेनापतिसम्म, बोलाउनु गैरकानुनि?

यहि बुधबार आर्मि अफिसर्स क्लवमा देशका धेरै गण्यमान्य ब्यक्तिहरुको जमघट भएको थियो । देश अत्यन्तै कष्टकर अबस्थामा गुज्रिरहेको बेला भएको सो जमघट देशको समस्या समाधानको लागि नभएर एक अति नै सामान्य कार्यक्रम थियो- पत्रकार ऋषि धमलाकी छोरीको पास्नी । नेपालि समाजमा छोरि जन्मेको ५ महिनामा गरिने पास्नि को पार्टि भने धमलाले भने जन्मेको एक बर्ष पछि आर्मी अफिसर्स क्लवमा गरेका छन । प्राय: सबै जसो गण्यमान्य ब्यक्ति उपस्थित भएको सो पार्टिमा अनुपस्थितहुनेमा राष्ट्रपति, प्रधानमन्त्रि, कांग्रेस सभापति र एमाओबादि अध्यक्ष उल्लेख्य थिए ।

भिडियो रिपोर्ट:

समारोहमा उपस्थित पुर्वप्रधानमन्त्रीहरुमा शेरबहादुर देउवा र माधवकुमार नेपाल थिए भने, कांग्रेस नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी उपस्थित थिए । मधेसी मोर्चाका उपेन्द्र यादव, चुरे भावरका अध्यक्ष बद्री न्यौपाने लगायतका राजनीतिक हस्तीहरु पार्टिमा देखिएका थिए । सभामुख ओनसरी घर्ती, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक दुर्जकुमार राई, मुख्य सचिव सोमलाल सुवेदी जस्ता उच्चपदस्थहरु पनि कार्यक्रममा उपस्थित थिए ।

 Continue reading

ऋषि धमालाका प्रश्न क्रिकेट क्याप्टेन पारस खड्कालाई

पत्रकार ऋषि धमला आफूलाई विवादमा तानेर चर्चित हुने कला भएका मानिस हुन । यस्तो विवादास्पद कार्य उनले जानी जानी गर्छन वा अन्जानमा गर्छन त्यो त उनी जानुन तर, उनका अन्तरबार्ता हुन वा क्यामराको अघाडी पर्ने उनको चाह सबै चर्चाका बिषय हुने गरेका छन् । यसै संधर्वमा हामीले साभार गरेका धमलाका ६ सचित्र किस्सा उल्लेख गर्नु उल्लेखनीय नै होला ।

rishi dhamala

 Continue reading

ऋषि धमलाको बिबाह र ६ सचित्र धमला किस्सा

आज पत्रकारको ऋषी धमलाको बिबाह हुदैछ । रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको ऋषी धमला एक अचम्मका मान्छे हुन । पत्रकारिता सम्बन्धी कुनै औपचारिक प्रशिक्षण नलिएका र उच्चशिक्षा पनि नलिएका धमला नेपालका सबै भन्दा प्रभाबशाली पत्रकार भनिदिंदा पनि केहि फरक पर्दैन ।

यस्ता पत्रकारलाई बिबाह र सुखद दाम्पत्यको शुभकामना !

rishi dhamala wiferishi engagement

आज पत्रकार धमलाको बिबाहको उपलक्षमा अर्का पत्रकार प्रकाश तिमिल्सिनाले धमलाको बारेमा चलेका किस्साहरुको संग्रह गर्नु भएको छ । "किस्साहरुमा सत्यता हुनै पर्छ भन्ने छैन … किस्साहरु थपथाप पारिएका हुन्छन ।" भन्दै प्रकाशले आफ्नो बचाउ गर्दै यी किस्साहरु उनको ब्यक्तिगत ब्लगमा प्रस्तुत गरेका हुन् ।

पत्रकारको ऋषी धमला पत्रकार मात्र नभएर एक सेलिव्रेटी पनि हुन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर उही रफतारमा खटिरहेका हुन्छन ।

 Continue reading