प्रतिकुल अबस्थामा पनि ‘सायद’को उत्साहजनक ओपनिंग

samyam_puriनेपाल बन्दको दिन रिलिज भएको नेपाली फिल्म ‘सायद’को उत्साहजनक व्यापारका साथ राम्रो ओपनिंग र राम्रै दर्शक प्रतिक्रिया आएको छ । हाम्रा समिक्षक रौनकले यस फिल्मका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले नयाँ कलाकार लिएर राम्रो फिल्म बनाएको बताएका छन् । निर्देशक नाल्बो बाट अझ राम्रो फिल्मको आशा गरिए ‘सायद’ राम्रै फिल्म बनेको बताएका छन् ।

यस फिल्मका राम्रा पक्ष मध्ये नयाँ हिरो संयम पुरीको अभिनयको सबैले प्रशंसा गरेका छन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन ।  यस फिल्मको कथा र डाइलग पनि युवाहरुले मन पराएका छन् ।

निर्माता सुनिल रावलले निर्माण गरेको यस फिल्ममा कलाकारहरु संयम पुरी, विल्सन विक्रम राई, झरना थापा, रितिका लामा, अनिता दाहाल, सुनिल रावल आदिको मुख्य भूमिका रहेको छ ।

saayad_in_civil_mall_qfx_cinema

[अंग्रेजीमा यस फिल्मको रिलिज अघाडीको समिक्षा (फिल्म हेर्नु अघादिको)  र रिलिज पछि फिल्म हेरिसके पछिको बिस्तृत समिक्षा पोस्ट गरिएको छ। ]