हाकु काले सौगात मल्लको अफेयर मोडल सोनि केसिसंग

लुट फिल्ममा हाकु काले चरित्रले चर्चित बनेका सौगात मल्लको र मोडल सोनि केसि बिच प्रेम अंकुराउन थालेको खवर छ । यस अघि लामो समयसम्म अभिनेत्री सरिता गिरिसँग प्रेममा रहेर छुट्टिएका सौगातको यो नयाँ सम्बन्धलाइ सौगात र सोनिले प्रेमको नाम नदिए पनि, उनिहरु बिचको निकटता साथि साथि भन्दा अलिक बढि नै रहेको प्रष्ट देखिन्छ ।

आजको भिडियोमा चर्चा गरिएका मुख्य कुराहरु निम्न छन:

  • सौगात मल्लको र सोनि केसि को बिचमा सम्बन्धको बारेमा कसरि थाह भयो ?
  • सौगात र सोनिको सम्बन्ध कति लामो हो ?
  • सौगातले सो सम्बन्धको बारेमा के भन्छन ?
  • सौगातको यस अघिको अभिनेत्री सरिता गिरिसँगको सम्बन्ध कसरि शुरु र अन्त्य भयो ?

 Continue reading

‘छड्के’को पोस्टर कम्पिटिसन – सह्रनिय नयाँ प्रयोग

ग्राफिक डिजाइनर आनन्द महर्जनले नेपाली फिल्म ‘छड्के’को पोस्टर कम्पिटिसनमा उत्कृस्ट पोस्टर डिजाइन गरे पहिलो भएका छन् । नेपाली फिल्म जगतमा यो यस खालको नयाँ शुरुवातले बिदेशी सिनेमा बाट पोस्टर कन्सेप्ट र पुरै पोस्टर नै चोर्ने प्रवृतिमा कमी आउने आशा गर्न सकिन्छ ।

‘छड्के’मा नम्रता श्रेष्ठको मुख्य भूमिका हुने खबर त हामीले पहिले नै लेखेका थियौं । नम्रताको साथ साथै सो फिल्ममा अन्य कलाकार जस्तै सौगात मल्ल, दयाहाङ राई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अर्पण थापा, रविन तामाङ आदिको पनि मुख्य भूमिका हुने बताइएको छ । ‘छड्के’लाइ निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

नेपाली फिल्मको पोस्टर चोरी र पोस्टर कम्पिटिसनको बिषयमा लिंकबाट पुगिने अंग्रेजी लेखमा बिस्तृत बिबरण दिइएको छ ।

नम्रताको अबको नयाँ फिल्म ‘छड्के’

राम्रो अभिनय गर्न सक्ने भनेर ख्याती कमाएकी नेपाली नायिका नम्रता श्रेष्ठ केही समय सुस्ताए पनि अबका दिनहरुमा फेरी सक्रिय हुन् थालेको आभास हुन्छ । अहिले सम्म जम्मा दुइवटा मात्र चलचित्र रिलिज भएकोमा दुवै ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ लाइ दर्शकले मन पराएका थिए ।  ‘मेरो एउटा साथी छ’ को रिलिजको को लगत्तै सार्बजनिक भएको उनको यौन भिडियो काण्ड पछि नम्रता केही समय त सार्बजनिक हुन नै चाहिनन । सो घटनाको करिब एक बर्ष पछि लागु पदार्थ दुर्व्यसनी एकता महतको बारेमा भन्ने फिल्ममा खेल्ने कुरा चले पनि सो फिल्मको हल्ला हल्लामा मात्रै सिमित रह्यो र त्यसको एक बर्ष पछि उनले अर्को चलचित्र, "मिस यु" साइन गरिन ।

namrata Shrestha

एक पटकमा एउटा भन्दा बढी फिल्म नखेल्ने र स्क्रिप्ट मन नपारी फिल्म साइन नै नगर्ने नम्रताले दुइ बर्ष  अघाडी नै खेल्ने भनेको फिल्म "मिस यु" यहि भ्यालेन्टाइनको समय पारेर रिलिज हुदै छ । यस बीचमा उनले एउटा अंग्रेजी नाटक ‘ओलियना’ पनि खेलेकी थिईन जसमा उनको काम प्रशंसनीय नै रहेको बताएइएको थियो।

चलचित्र ‘मिस यु’ को रिलिजको संघारमा जति धेरै मिडियामा समाचार बन्यो त्यति नै फिल्मको सित्तैमा प्रचार हुने र साथै नयाँ काम पनि शुरु गर्ने समय भएको हुनाले पनि नम्रताको बारेमा आजकाल बढी सुनिन थालेको हुन् सक्छ। यसै बीच नम्रताले अभिनय गर्ने चौथो सिनेमा ‘छड्के’ हुने खबर आएको छ। यही चैतबाट सुटिङ हुने लगभग पक्का भएको यस फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

एक्सन कथाबस्तुमा बन्न लागेको ‘छड्के’ को तयारीको लागि नम्रताले मार्सल आर्टको तालिम पनि लिने भएकी छिन । ‘छड्के’ मा नम्रताका साथ साथै अहिले चर्चामा रहेको चलचित्र ‘लुट’का कलाकार सौगात मल्ल र दयाह्याङ राई पनि खेल्ने भएका छन् ।