प्रचण्डपुत्र प्रकाश दाहाल र बिना मगर, सम्बन्धको पृष्ठभूमि

पाँच दिन देखि सगरमाथा आरोहण गर्दाको सहयात्री युवतीलाइ लिएर बेपत्ता भएका भनिएका प्रचण्डपुत्र प्रकाश दाहाललाइ नेकपा माओवादी पार्टीले अनुशासनको उल्लंघन भएको भन्दै निलम्बन गरेको छ ।

prakash_dahal_with_son

प्रकाशले पहिलो बिबाह माओवादीका सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग गरेका थिए । सो जनवादी विवाह धेरै टिक्न नसके पछि केहि समयमा नै "आपसी समझदारी"मा सम्वन्ध विच्छेद गरेका हुन प्रकाशले। त्यस पछि करीब ४ वर्षअघि मात्र पोखराकी श्रृजना त्रिपाठीसँग विवाह गरेर एक छोराका बाउ भइसकेका प्रकाशले अर्की युबतिलाई लिएर भागेको खबरलाई सुखद मान्न सकिदैन ।

एक समाचार अनुसार प्रकाश हाल भारतको पटनामा नेपालमा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य विना मगरका साथ छन् । सगरमाथा आरोहणको समयमा नै बिना र प्रकाशको बीचको सम्वन्धको बारेमा चर्चा चले पनि यति छिटै भाग्लान भनेर कसैले पनि सोचेका थिएनन । सगरमाथा आरोहणको समयमा दुइजना संगै बसेर खिचेको निम्न फोटो हामीले त्यो बेला नै पोस्ट गरेका थियौं:

हिजो दिउँसो बसेको माओवादी पोलिटब्युरो वैठकमा प्रचण्डले आफ्नो छोराले केटी लिएर भागेको स्वीकार्दै उसलाई कारवाही गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए । सोही प्रस्ताब अनुरुप प्रकाशलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै निलम्बन पनि गरेको छ ।

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र सरस्वती क्याम्पसकी स्वबियु सभापति बिना मगर माओवादी कार्यकर्ता शंकर अधिकारीकी पत्नी हुन । हालै फुटेको पार्टीमा बिना संस्थापन पक्षमा थिइन् भने उनका पति शंकर भने बैद्य नेतृत्वको नेकपा- माओवादीका लागेका छन् । (अंग्रेजीमा)

यस अघि पत्रिकाहरुमा सगरमाथा आरोहणको क्रममा प्रकाश र बिना बीचको सम्बन्धको बारेमा छापिएको समाचारहरुका केहि अंश:

पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरुले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो । जब उनीहरु अन्य सहकर्मीसँगै चौथो शिविर पुगे झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रुपमा खटिएका शरद्ले जब प्रकाश र बिनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए त्यहीबेला उनले चेतावनी पनि दिए । तर त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद कृष्ण केसी र जनमुक्ति सेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर त्यो सम्झाइको पनि कुनै काम लागेन ।

दोस्रो शिविर उक्लिनुअघिको रात बिना बिरामीको निहुमा बाटो देखाउन गएका सहयोगी शेर्पासँगै पालमा पसिन् । त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष-पुरुष वा महिला-महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर चौथो शिविर उक्लिएपछि ती शेर्पा बिनाको साथबाट हटाइए । बिनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन-चार रात बिनासँगै बिताएर फर्किइन् । अनि खाली भएको बिनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बिनाकहाँ कहिले प्रकाशकहाँ यी दुईको आवत-जावत बढी नै हुन थालेपछि शरद् सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन-हैन कहाँ त्यस्तो हुनु’ भन्दै कुरा टारे । यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर त्यसपछिका फोन उठाएनन् । बरु प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ! त्यस्तो केही पनि होइन दाइ; नछापिदिनुस् है !’ युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही हुने सांस्कृतिक अपचलनरुपी यस्तो गतिविधि माओवादीभित्र त्यसै सामसुम पारिएको छ । (जनआस्था)

तेस्तै अर्को खबरमा:

आरोहण टोलीमा संलग्न एक महिला सदस्यसँग प्रचण्डपुत्र प्रकाशले अघि बढएको ‘अन्तरंग सम्बन्ध’ ले सीमा नाघ्न थालेपछि अन्य सहयात्रीहरूले सम्झाउने कोसिस गरे। तर यो सम्बन्धलाई प्रकाशले विशेष सम्बन्धसँग तुलना गर्दै डिस्टर्भ नगर्न चेतावनी दिएपछि सबै चुप भए। ‘कुनै ब्लू फिल्मको सुटिङ गर्न आएका हौं कि सगरमाथा चढ्न? हेक्का राख्नुपर्योई कमरेड’ टोलीका एक सदस्यले दिएको यो सुझावलाई प्रकाशले सहन नसकेपछि झन्डै हात हालाहालको स्थिति भयो।

दारु खाएपछि एक्कासि बौलाउने प्रकाशको चरित्रले कुनै पनि बेला दुर्घटना हुनसक्ने भयले आक्रान्त टोली नेता कृष्ण केसीले प्रचण्डलाई त्यहीँबाट टेलिफोन गरी वस्तुस्थिति अवगत गराएको बुझिएको छ। तर प्रचण्डले कुनै वास्ता गरेनन्। त्यसपछि अर्का सदस्यले आमा सीता दाहाललाई टेलिफोन गर्दै पुत्र प्रकाशको रोमान्स पारिवारिक विघटनको अवस्थासम्म पुग्न लागेको जानकारी गराउँदै थिए। ज्ञानेन्द्रको दिमागमा पारस चढे जस्तै प्रचण्डको दिमागमा प्रकाश राम्रैसँग चढिसकेका रहेछन् भन्ने बुझेपछि टोलीका सदस्यहरू तैं चुप मै चुप भए। आरोहण टोलीमा बिना मगर, कृष्ण केसी, शिव डाँगी, महेश्वर फुयाँल, मदन चुँडाल, युवराज दुलाल, शरद पौडेललगायत थिए। लाहुरेकी क्रान्तिकारी छोरी बिना मगरको शंकर अधिकारीसँग बिहे भइसकेको छ। बिना प्रचण्ड पक्षमा लागेकी छन् भने शंकर मोहन वैद्य पक्षमा खुलेर लबिङ गरिरहेका छन्। बिना आरोहण दलकी एक्ली महिला हुन्। (विक्लीनेपाल)

bina_magar_sagarmatha