स्वर्गिय अभिनेता श्रिकृष्ण श्रेष्ठ पौष १४ गते जन्मेका थिए । उनको जन्मदिनमा स्वेता खड्काले श्रिकृष्ण लाइ सम्झदै अनाथ बालबालिकालाइ न्यानो कपडा वितरण गरिन । स्वेताले घर आगन नेपाल नाम गरेको अनाथाश्रमा मा रहेका ११ जना अनाथ बालबालिका, २ जना दृष्टिबिहिन र २ जना शारीरिक रुपमा असक्त व्यक्तिलाइ जाडो बेलाको लागि न्यानो कपडा वितरण गरिन ।
भिडियो रिपोर्ट :
सो अवसरमा श्रिकृष्णलाइ सम्झदै स्वेताले भनिन “उहाँ यसैगरि असाहयलाई सहयोग गर्न मनपराउनु हुन्थ्यो । यसैले मैले पनि उहाँको जन्मदिनमा उहाँले नै गर्ने काम गरेकी हुँ ।”
श्रिकृष्ण श्रेष्ठको निधनको डेढ वर्ष पछि बल्ल अभिनेत्री श्वेता खड्काको अनुहारमा मुस्कान देखिन थालेको छ ।
जस्तो सुकै दुख परे पनि सहेर बिर्सनुको बिकल्प छैन । बिवाह गरेको एक महिनामा नै श्रिमान गुमाएकि अभिनेत्री श्वेता खड्काले आफ्नो पति स्व. अभिनेता श्रिकृष्ण श्रेष्ठको बियोगमा लामो समय गुप्तबास बसिन । गत बर्ष साउनमा श्रेष्ठको अकल्पनिय निधन भए पछि करिव छ महिनासम्म सम्हालिन नसकेकि स्वेता बिस्तारै सामान्य हुने प्रयास गर्न थालेको भए पनि उनको अनुहारमा चमक आउन भने एक बर्षभन्दा पनि बढी समय लाग्यो ।
भिडियो रिपोर्ट:
निधनको बार्षिकिमा स्वेताले फिल्म क्षेत्रमा फर्किने पनि बताएकि थिइन (हेर्नुस भिडियो)
विवाह पश्चात हनिमुनको लागि पतिसँगै भारत पुगेकि श्वेता घर फर्किंदा भने एक्लै फर्किनु परेको असह्य पिडालाइ भुल्न उनले नेपाल लगायत अमेरिकामा पनि बिभिन्न उपचार गर्नु परेको थियो । अब भने श्वेताले पिडा भुल्ने उनको प्रयासमा सफलता पाउन थालेको महशुस हुन थालेको छ । उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका तश्विरहरुलाइ हेर्दा पिडा भुलेर पहिलेको जस्तै सामान्य हुने प्रयासमा सफलता पाउन थालेको भान हुन्छ। केहि महिना पहिलेसम्म पनि सामाजिक सन्जालमा पिडा र बिरहका शब्द तथा फोटो पोष्ट गर्ने श्वेताले आजकाल भने केहि खुसीका पलहरु पनि सार्वजनिक गर्न थालेकी छिन् ।