पुर्बयुबराज पारस शाहको मुटुमा समस्या, अस्पताल भर्ना

पुर्बयुबराज पारस शाहको मुटुमा समस्या देखिए पछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा पुर्याए पछि पारसको मुटुको सल्यक्रिया गरिएको र सो सल्यक्रिया सफल भएको जानकारि चिकित्सकहरुले दिएका छन् ।

अडियो रिपोर्ट:

चिकित्सकहरुका अनुसार अहिले पुर्ब-युबराज पारसको स्वास्थ अबस्था खतरा मुक्त रहेको छ । उनलाइ दुइ दिनमा डिस्चार्ज गरिने सम्भावना रहेको पनि अस्पतालले बताएको छ ।

अस्पताल श्रोतका अनुसार पारस मुटुको मंशपेशिमा देखिने समस्या बाट पिडित  भएको र शल्यक्रिया पछि उनको मुटुमा शेल्फ सकिंग मेशिन (ICT)  जडान गरिएको छ ।

 Continue reading

केपीको शीघ्र स्वस्थलाभको कामना (बोलीको गोली सम्झदै)

खड्ग प्रसाद ओली (केपी ओली) अहिले बिरामी छन् र हामी उनको शिघ्र स्वस्थलाभको कामना गर्दछौं । अमेरिकामा बिरामी परेर हस्पिटल भर्ना हुनु परेको खबर लेख्दा उनी त्यति बिरामी होलान जस्तो लागेको थिएन तर अहिले झन सिकिस्त भएका एमाले नेतालाइ राजनीतिक आस्थालाइ थाँती राखेर सबैले सुस्वास्थको कामना गर्दा राम्रै होला भन्ने हामीलाई लाग्छ । यही सन्धर्भमा चिरन्जिवी पौडेलले लेखेको केपीको बोली सम्बन्धी निम्न छोटो लेख प्रस्तुत गरिएको छ (चिरन्जिवी पौडेलको फेसबुक ठेगाना)

एकथरी छन् जो केपी ओली बिरामी पर्नु भनेको देशै बिरामी पर्नु हो भन्छन्। अर्काथरी छन् जो केपी ओली मरेदेखि पृथ्वीलाई ८०–९० किलो भार कम हुन्थ्यो भन्छन् । गुण अवगुण जे भए पनि विरोधीलाई भित्तामा पुग्ने गरी बोलीको गोली हान्न ओलीलाई कसैले भेट्दैन । उनका केही चर्चित डाइलगहरु:

  • वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । पीपल रुख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ ।
  • हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।
  • छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन ।
  • झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो ।
  • संविधानसभामा वामपन्थीको दुई तिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी परेको छ । त्यसमाथि त्यहीँ बाँदर पल्केको छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?
  • म उपप्रधानमन्त्री बन्ने कुरै छैन । केपी ओलीले कुनै कक्षा दोर्होयाएर पढेन, पढ्दैन पनि।
  • एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । ँलौ अब त्यो हात्ती यो झोलामा हालिदे’ भनेर निहुँ खोज्यो भने के र्गने ?
  • म र्ककलोमाथि बन्चरो चलाउन चाहन्नँ ।

KP-OLI_on_his_way_to_delhi

स्वस्थ उपचारका लागि भारत प्रस्थान गर्नु अघिको फोटो द्वारिका काफ्लेले खिच्नु भएको हो !

केपी ओली अमेरिकाको अस्पतालमा

मेक्सिकोमा भएको एउटा कन्फरेन्समा भाग लिएर नेपाल फर्कने क्रममा सोमबार बेलुका अमेरिका आइपुगेका भु.पु. उप-प्रधानमन्त्री र एमाले नेता खड्गप्रसाद ओली आकस्मित रुपमा बिरामी भएकोले मंगलबार बिहान  त्यहाँको नर्थ शोर हस्पिटलमा भर्ना गर्नु परेको थियो। बिरामी भएकोले उहाँ बुधबारनै नेपाल फर्कने योजना असफल भएको थियो।

mridula koriala khadga oli

अनायास अत्यधिक ज्वरो आएका ओलीलाई भेटेर आएकी मृदुला कोइरालालाका अनुसार ओलीको शरीरमा हेमोग्लोबिनको कमी देखिएको बताएकी छिन 

वहाको स्वास्थमा क्रमिक सुधार भए पछि डाक्टरहरुले उनलाई शनिबार डिस्चार्ज गर्ने बताएका छन।

 Continue reading