मेरी हजुरआमाको हिन्दी सिरियल मोह

remote-controlसन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे ! अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड बासीहरु जसलाई हजुरआमा ‘नागा’ भनेर सम्बोधन गर्नु हुन्छ, उनीहरुको रहनसहन, वस्त्र, जातीइतर् मानिससंग गर्ने ब्यबहार सबै अनौठो थियो भनि बताउनु हुन्छ | नेपालको एक बिकट गाउँबाट सात समुन्द्र पारी ( उहाँकै शब्दमा ) जाँदा ती परिवेशहरु अनौठो लाग्नु स्वाभाविकै पनि हो | त्यसमाथि घरायशी सीमाको सानो संसारबाट बाहिर चियाउन नसक्नाले ती परिवेशहरु जहिल्यै असहज भएको अनुभव रहेछ उहांसंग | देशको चौघेराबाट बाहिर जाँदा अशिक्षित् व्यक्तिलाई पर्ने भाषागत समस्याले उहाँलाई पनि धुरुक्कै रुवाएको रैछ | हजुरबुवाको सरुवै पिच्छे स्थान फेरी फेरी लगभग ४ बर्ष भारत बस्दा पनि हिन्दीमा जम्न गारो भएको थियो रे उहाँलाई | अचेल समय केहि बदलिएको छ | हजुरबुवा बित्नुभएको ८ बर्ष पुग्यो | उहाँसंग बिताएका दिनहरुको याद  अहिले पनि ताजै होलान तर हिन्दी नबुझ्दा हजुरबुवाले नै उल्था गरी बुझाउनु पर्ने अवस्था अहिले छैन | किनकि अचेल हजुरआमाले  हिन्दी सिरियल हेर्न थाल्नुभएको छ | 

हजुरआमाले सिरियल हेर्न सुरु गर्नु अघिको घर भित्रको कहानी पनि रोचकै थियो | सानो परिवार पनि हिन्दी र नेपाली कार्यक्रमको लागि अघिल्लो र पछिल्लो पिढीमा हानथाप हुदा आमालाई त्यो बिबाद मिलाउन हम्मे हम्मे पर्थ्यो | पछी त अंशबन्डा नै गरे जसरी टिभीका कार्यक्रमहरु हेर्न भनि दुइवटा टिभीमा विभक्त हुने पर्यो जाबो  ६ जनाको परिवारलाई पनि | त्यसपछि भने आआफ्नो संसारमै रम्न थाल्यौ आआफ्नो रोजाईको कार्यक्रम हेर्दै |

grand_mother

 Continue reading