क्याम्पस गफ – हिरो, भिलेन र हिरोइन

actors "हेर न यो गम्भीर भन्ने केटो कति हल्ला गर्छ है रिसै उठ्दो | "
"त्यही त भन्या नाम चै गम्भीर रे मान्छे चै कति वकवके हो है?"
"अँ भन्या दिक्क लाग्दो …यो मान्छेले नजानेरै सोधेको हो त म्यामसंग ?"
"ह्य़ा… के नजानेर नि म्यामलाई जाचेको होला नि | "
"त्यस्तै देखिन्छ त नि खाली क्रस क्वैस्चन गर्छ त नि ह्या क्लासमा हल्ला भाको यो मान्छेले किन ध्यान नदेको होला के !"
"दिमाग भए पो ध्यान दिन्छ , दिमाग नै उडेको जस्तो छ देखेनौ कस्तो वाहियात प्रश्नहरु पनि सोध्छ ?"
"त्यहि त जे.पी.टी. सोधेर हैरान के !"

क्याम्पसको पढाइ सुरु भएदेखि २/४ दिन यता खालि प्रश्नहरु मात्र सोधेर जान्ने र बुझ्ने जस्तो देखिन खोज्ने एउटा केटो प्रति लक्ष्यित गर्दै म र मेरो साथीले गरेको कुराकानी थियो यो …|

उसलाई प्रश्न नै नगर्न पनि भन्न सकिन्नथ्यो यता आफुलाई भने कक्षामा हुन गएको हल्लाले गर्दा दिक्दार लागेको थियो त्यसैले मैले आफ्नो दिक्दारी यसरी नै आफ्नो साथीसंग पोखेकी थिएँ | कक्षामा धेरै कम बोल्ने अन्तर्मुखी स्वभावकी मलाई उसको हाउभाउ र अनाबस्यक वकवक मनै परिरहेको थिएन | त्यसो हुदा कहिले काँही परिचयको लागि होला, हामीतिर हेरेर उसले मुसुक्क हाँस्दा पनि म भने नदेखे झैँ गरिदिन्थें | जीवनमा पहिलो पल्ट यति ह्यान्डसम मान्छेको मुस्कानको प्रतिक्रियामा म नबोलिकन आफ्नो रिस ब्यक्त गरिरहेकी थिएँ |

के गर्नु, टक्क मिलेको शरीर, पर्याप्त उचाई, गहुगोरो अनुहार, मिलेका दन्त लहर … त्यति राम्रो मान्छे पनि मलाई भने फिटिक्कै मन परिरहेको थिएन | त्यो हुन्छ नि… कोही मान्छे किन किन त्यसै मन पर्दैन | उसले हामीलाई केहि नगरे पनि त्यसै रिस उठ्छ नि ,त्यसलाई ग्रह नमिलेको पनि भन्छन नि ! हो त्यस्तै भएको थियो मलाई | उसको वाहियात लाग्ने प्रश्नहरुले नै म मा यस्तो नराम्रो छाप छोडेको थियो सायद | यधपी धेरै बोल्ने मान्छे चाडै सबैको नजरमा पर्ने र चर्चित हुने अनि हाम्रो बानी पनि अरुकै चर्चा गर्ने भएको हुँदा साथीहरुबाट उसको नाम "गम्भीर" हो भन्ने सम्म थाहा पाएकी थिएँ | हुदाँ हुदाँ मलाई मनै नपर्ने त्यही केटोले "हिरो अफ दि क्लास " को उपाधि समेत कुम्ल्यायो |

 Continue reading